spot_img

डोनाल्ड ट्रम्पकी पहिलो श्रीमती इभाना ट्रम्पको निधन

अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पकी पहिलो श्रीमती इभाना ट्रम्पको निधन भएको छ। ट्रम्प र इभानाको सन् १९७७ मा विवाह भएको थियो। त्यससमय इभाना चर्चित फेसन डिजाइनर, मोडल र मिडिया पर्सनालिटी थिइन्। सन् १९९२ मा उनीहरुको सम्बन्ध विच्छेद भएको थियो।

इभानाको मृत्युपछि ट्रम्पले सामाजिक संजालमा लखेका छन् :  उनी एक सुन्दर र अद्भुत महिला थिइन्। उनले महान र प्रेरणादायी जीवन बिताइन्। इभाना ७३ वर्षकी थिइन्।

ट्रम्प र इभानाका तीन सन्तान छन्, डोनाल्ड जुनियर, इभान्का र इरिक ट्रम्प।

इभानाको मृत्युको कारण खुलेको छैन। न्यूयोर्कस्थित घरमा उनी अचेत अवस्थामा फेला परेको बताइएको छ। उनको लडेर मृत्यु भएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ।

इभानाले सम्बन्ध विच्छेदपछि ट्रम्प र आफ्नो सम्बन्ध राम्रो भएको बताएकी थिइन्। उनले ट्रम्पसँग हप्तामा एकपटक कुराकानी गर्ने गरेको आफ्नो किताबमा उल्लेख गरेकी थिइन्।

 



Source link

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img