spot_img

स्कटल्याण्डमाथि नेपालको सानदार जित, फेरि पाँचौ स्थानमा उक्लियो नेपाल

काठमाडौं: क्रिकेट विश्वकप लिग-२ अन्तर्गत स्कटल्यान्ड र नामिबियासँगको सिरिजको आज सम्पन्न खेलमा नेपालले स्कटल्याण्डलाई हराएको छ। स्कटल्याण्डको ग्लास्गोमा सम्पन्न खेलमा नेपालले घरेलु टोलीमाथि ५ विकेटको जित निकालेको हो।

टस हारेर ब्याटिङमा उत्रिएको स्कटल्याण्डले ४२.५ ओभरमा सबै विकेट गुमाउँदै १४४ रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको नेपालले २५.१ ओभरमा ५ विकेट गुमाउँदै लक्ष्य पुरा गरेको हो।

सुरुबाटै विकेट गुमाउन थालेको स्कटल्याण्डलाई सहज अवस्थामा पुग्न नदिन सोमपाल कामी र मोहम्मद आलिल आलमले समान ३ विकेट लिएका थिए। त्यस्तै सन्दीप लामिछानेले २ विकेट लिँदा करण केसी र दीपेन्द्रसिंह ऐरीले समान १ विकेट लिए।

स्कटल्याण्डका लागि गेभिन मेइनले सर्वाधिक अविजित ६४ रन बनाए। त्यस्तै मार्क वाटले १७, साफयन शरिफले १६ तथा कलुम म्याकलिओडले १३ रन बनाए। त्यसबाहेकका ब्याट्सम्यानले दोहोरो अंकको रन जोड्न सकेनन्। अन्तिम विकेटका लागि भने मेइन र हम्जा ताहिरले ४९ रनको साझेदारी बनाउँदा स्कटल्याण्डले सम्मानजनक स्कोर बनाउन सफल रह्यो।

जवाफी ब्याटीङमा उत्रिएको नेपालका लागि सानदार सुरुवात दिलाएका आशिफ शेखले अर्धशतकीय पारि खेल्दै सर्वाधिक ७१ रन बनाउँदा अर्का ओपनर कुशल भुर्तेलले २७ रन बनाए। त्यस्तै रोहित कुमार पौडेलले अविजित ३४ रन बनाए। बलिङतर्फ स्कटल्याण्डका गेभिन मेइनले ३ विकेट लिँदा एड्रिअन नेइल र रिची बेरिङटोनले समान १ विकेट लिए।

सिरिजको आफ्नो पहिलो खेलमा नामिबियासँग पराजित भएको नेपालले दोस्रो खेलमा बलियो मानिएको स्कटल्याण्डलाई हराउँदै सिरिजमा उत्कृष्ट पुनरागमन गरेको छ। योसँगै १८ खेलबाट १७ अंक जोडेर नेपाल पाँचौ स्थानमा उक्लिएको छ।

नेपालले आफ्नो तेस्रो खेलमा शनिवार नामिबियासँग र आइतवार अन्तिम खेलमा स्कटल्याण्डसँग खेल्नेछ।



Source link

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img