spot_img

करिब पाँच घण्टामा आठ दमकलले यसरी नियन्त्रणमा लिए भृकुटीमण्डपको आगलागी

काठमाडौंः बुधबार दिउँसो भृकुटीमण्डपमा ठूलो आगलागी भएको छ। कुनै मानवीय क्षति नभए पनि भौतिक क्षति उच्च रहेको प्रहरीको अनुमान छ। आगलागी र क्षतिबारे अध्ययन भइरहेको प्रहरीले जर्नाको छ। 

भृकुटीमण्डपमा रहेको समाज कल्याण परिषदको गोदाम घर र राष्ट्रिय अपाङ्ग कोषको कृतिम मानव अंग राखिएको गोदाम घरमा आगलागी भएको थियो। दिउँसो करिब २ः३० बजेदेखि आगलागी सुरु भएको थियो। आगलागी साँझ ७ः१५ बजे पूर्ण नियन्त्रणमा आएको प्रहरीको भनाई छ। 

आगलागी नियन्त्रणका लागि उपत्यकाका महानगर, नगरपालिका तथा सुरक्षा निकायका समेत गरी ८ वटा दमकल प्रयोग भएका थिए। ३० भन्दा बढी पानी ट्याङ्कर पनि प्रयोग भएका थिए। 

आगो नियन्त्रणका लागि तीनवटै सुरक्षा निकायबाट तीन सयभन्दा बढी जनशक्तिि परिचालन गरिएको थियो। आगलागीबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 



Source link

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img