spot_img

फिल्म पानीफोटोको ट्रेलर सार्वजनिक

काठमाडौंः खगेन्द्र लामिछानेको डेब्यू निर्देशन रहेको फिल्म ‘पानीफोटो’को ट्रेलर सार्वजनिक भएको छ। मंगलबार काठमाडौंमा आयोजित कार्यक्रमबीच लामिछानेको जन्मदिनको अवसरमा ट्रेलर सार्वजनिक गरिएको हो।

२ मिनेट ४५ सेकेन्टको ट्रेलरमा द्वन्द्वकालमा बेपत्ता भएको छोराको खोजीमा रहेका  बुवाआको कथा देखाइएको छ। ट्रेलरमा अनुप बराल, मेनुका प्रधान, मलिका महत र खगेन्द्रले नै स्थान पाएका छ्न्।

गुरुकूलमा मञ्चन भएको चर्चित नाटक ‘पानीफोटो’मै आधारित भएर यो फिल्म बनेको हो। आफूले नै लेखेको नाटकलाई खगेन्द्रले फिल्म बनाएका हुन्।

‘पानीफोटो’ले माओवादी ‘जनयुद्ध’को समयमा बेपत्ता भएका छोराको पर्खाइमा बसेका बाआमाको कथा बताउँछ।

कार्यक्रममा लामिछानेले नाटकलाई फिल्ममा ल्याउनु आफ्नो सपना भएको बताए।

टुकी आर्ट्सले यस फिल्म निर्माणमा मन्जुश्री फिल्म्ससँग सहकार्य गरेको छ। फिल्मलाई रोजिना सिटौला र रविन्द्र बज्राचार्यले संयुक्त रुपमा निर्माण गरेका हुन्। दीपक बज्राचार्यको छायाङ्कन रहेको यो फिल्म साउन १३ गतेदेखि प्रदर्शन हुनेछ।

 



Source link

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img