spot_img

फितलो ब्याटिङ गरेको नेपाल पराजित, नामिबिया पाँचौँ स्थानमा उक्लियो, नेपाल छैटौँमा झर्‍यो

काठमाडौं: क्रिकेट विश्वकप लिग २ अन्तर्गत स्कटल्याण्डमा जारी त्रिदेशीय सिरिजको पहिलो खेलमै नेपाल पराजित भएको छ। नामिबियाले दिएको २ सय २१ रनको सामान्य लक्ष्य पछ्याउन नसक्दा नेपाल ४० रनले पराजित हुन पुगेको हो।

टस जितेर ब्याटिङमा उत्रिएको नामिबियाले ४७.३ ओभरमा सबै विकेट गुमाउँदै २२० रन बनाएको थियो। जवाफी ब्याटीङमा उत्रिएको नेपाल ४६.५ ओभरमा १८० रनमा समेटियो।

सुरुवाती ब्याटिङ गरेको नामिबियाका लागि जान निकोल लफ्टी एटोनले अर्धशतकीय पारि खेल्दै सर्वाधिक ६० रन बनाउँदा डिभन ले ककले ४१ रन बनाए। त्यस्तै कप्तान गेरहार्ड एरासमसले २२ रन बनाउँदा क्राइग विलियम्सले २१, डेभिड विसे र लो-हान्द्रे लोउरेन्हसले समान १८ रन बनाए।

बलिङतर्फ नेपालका कप्तान सन्दीप लामिछानेले सर्वाधिक ४ विकेट लिँदा सोमपाल कामीले २ तथा करण केसी र दीपेन्द्रसिंह ऐरी र बसीर अहमेदले समान १ विकेट लिए। आजकै खेलबाट एकदिवसीय अन्तर्राष्ट्रियमा डेब्यु गरेका अहमेदले २.४० को इकोनमीमा ७.३ ओभर बलिङ गरेर १ विकेट लिएका हुन्।

जवाफी ब्याटीङमा उत्रिएको नेपालका लागि आरिफ शेखको अविजित अर्धशतकबाहेक मुख्य ब्याट्सम्यानले ठूलो योगफल बनाउन नसक्दा लक्ष्यसम्म पुग्न सकेन। शेखपछि देव खनालले ३४, कुशल भुर्तेलले २७ रन बनाए। त्यस्तै करण केसीले आक्रामक १९ रन बनाउँदा आशिफ शेखले १४ तथा सोमपाल कामी र मोहम्मद आदिल आलमले समान १० रन बनाए। नेपालका मुख्य ब्याट्सम्यान रोहित पौडेल डकआउट हुँदा दीपेन्द्रसिंह ऐरीले खराब फर्मलाई निरन्तरता दिँदा ४ रनमा आउट हुन पुगे।

नेपाललाई लक्ष्यसम्म पुग्न नदिन नामिबियाका डेभिड विसे, बर्नार्ड स्कोल्ट्ज र जेन फ्राइलिंकले समान २ विकेट लिँदा रुबेन ट्रम्पेलमेन र गेरहार्ड एरासमसले समान १ विकेट लिए।

जितसँगै १६ खेलबाट १६ अंक जोड्दै नामिबिया लिग २ को पाँचौ स्थानमा उक्लिएको छ भने १७ खेलबाट १५ अंक जोडेको नेपाल पछि पर्दै छैटौं स्थानमा झरेको छ।

नेपालले अर्को खेलमा बुधवार घरेलु टोली स्कटल्याण्डसँग खेल्नेछ।



Source link

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img