spot_img

संवैधानिक परिषद्सम्बन्धि विधेयकबारे शर्मा : ओलीको पालामा गलत, देउवाको पालामा पनि गलत, अविलम्ब फिर्ता हुनुपर्छ

काठमाडौं : सत्तारुढ नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले संवैधानिक परिषद् सम्बन्धि विधेयक अविलम्ब फिर्ता हुनुपर्ने बताएका छन्। 

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले संवैधानिक परिषद् विधेयक ल्याउँदा कांग्रेस विरोधमा उत्रिएको थियो। हाल सोही अध्यादेशको हुबहु व्यवस्था भएको विधेयक कांग्रेसले पनि ल्याउने तयारी गरेसँग यसको चर्को विरोध भएको छ। कांग्रेसभित्रैबाट यसको विरोध भएको हो।

यो दु:खद भएको सामाजिक सञ्जालमार्फत टिप्पणी गर्दै महामन्त्री शर्माले प्रधानमन्त्री शेरबहादुर देउवाको यसप्रति गम्भीर जवाफदेहीता जरुरी रहेको उल्लेख गरेका छन्।

उनले भनेका छन्, ‘ओलीको पालामा जो गलत, देउवाको पालामा पनि गलत, यसमा सतप्रतिशत प्रष्ट छौँ हामी! संवैधानिक परिषद्सम्बन्धि विधेयक अविलम्ब फिर्ता त हुनुपर्छ नै, तर यस्तो भयो कसरी? हुन्छ कसरी? गर्छ कसले? सल्लाह दिन्छ कसले? यो दु:खद छ। प्रधानमन्त्री शेरबहादुर देउवाको गम्भीर जवाफदेहीता जरुरी छ।’

त्यस्तै, महामन्त्री गगन थापाले पनि बिहान एक कार्यक्रममा संवैधानिक परिषद्सम्बन्धि विधेयक फिर्ता हुने बताएका छन्। ललितपुर क्षेत्र नम्बर २ ले इमाडोलमा आयोजना गरेको कार्यक्रममा थापाले उक्त भनाइ राखेका थिए।

संवैधानिक परिषद्सम्बन्धि विधेयक हालै राष्ट्रिय सभामा दर्ता भएको छ। अध्यादेश खारेजपछि लामो समयदेखि ऐनका केही प्रावधान शून्य थिए। ति व्यवस्था पुनर्स्थापनाका लागि सरकारले विधेयक संसद्मा ल्याएको हो।

राष्ट्रिय सभामा दर्ता भएको विधेयक यसअघि ओली सरकारले जारी गरेकै अध्यादेशको करिब हुबहु छ। बैठकको गणपुरक संख्याबारे अध्यादेशकै व्यवस्थामा प्रस्तावित छन्। शब्दमा मात्र फरक गरेर ल्याइएको छ। आलीले ल्याएको अध्यादेशमा अध्यक्षसहित कायम रहेका बहुमत सदस्य उपस्थित भएमा गणपुरक मानिने व्यवस्था थियो। विधेयकमा बहुमतको सट्टा ५० प्रतिशत भन्ने शब्द राखिएको छ।



Source link

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img