spot_img

चौतर्फी आलोचनापछि गण्डकीका शिक्षामन्त्रीले गरे आफ्ना मातापिताको नाममा छुट्टाइएको बजेट नलिने घोषणा

पोखरा : गण्डकी प्रदेशका शिक्षा तथा सामाजिक विकासमन्त्री मेखलाल श्रेष्ठले आफ्ना मातापिताको नाममा विनियोजन गरिएको एक करोड रुपैयाँ नलिने घोषणा गरेका छन्।

आर्थिक वर्ष २०७९/८० को वार्षिक विकास कार्यक्रममा छुटेका योजना समेटिएको पुस्तिका (सेतो पुस्तक)मार्फत गण्डकीका शिक्षा मन्त्रीको मातापिताको नामको ट्रष्टमा १ करोड रुपैयाँ बजेट छुट्टाइएको थियो। एकै कार्यक्रमका लागि दुई शिर्षकमा ५०/५० लाख गरी १ करोड रुपैयाँ बजेट छुट्टाएपछि मन्त्री श्रेष्ठको चौतर्फी आलोचन भएको थियो।

आलोचना पश्चात् मन्त्रीले सो रकम नलिने घोषणा गरेका हुन्। आज सामाजिक सञ्जाल फेसबुकमा एउटा लामो पोस्ट गर्दै उनले सो घोषणा गरेका हुन्। 

उनले विवादित शिर्षकको बजेट गण्डकी प्रदेशका अर्थमन्त्रीलाई हटाउन आग्रह गर्दै स्रोत व्यवस्थापन गर्न भनेका छन्।

‘यो शिर्षकको बजेट आगामी वर्षको बजेटबाट हटाई स्रोत व्यवस्थापन गर्न म अर्थ मन्त्रीज्यूलाई अनुरोध गर्दछु,’ उनले फेसबुकमा लेखेका छन् ।

‘मेरो राजनीति सधैँ जनताको सेवाको लागि, मेरो कर्म समाज विकासको लागि गल्ति भए माफ गर्नु होला! कमिकमजोरी भए सच्चिने मौका दिनुहोला! गण्डकी प्रदेश सरकारको बजेटमा समावेश भएका विषयहरू सार्वजानिक भएलगत्तै मेरो बारेमा विभिन्न भ्रम सृजना भएकोले ट्रष्टको बजेटसँग जोडिएर आज सामाजिक संजालमा विभिन्न टिप्पणी आए। मैले अब यो शिर्षकको बजेट फिर्ता लिने प्रतिवद्धता समेत गर्दछु। यो फिर्ता भएको बजेट असहाय ज्येष्ठ नागरिक र महिलाहरुको हकहितमा सदुपयोग होस् भन्ने चाहना गर्दछु,’ सामाजिक सञ्जाल फेसबुकमा मन्त्री श्रेष्ठले लेखेका छन्।

सम्बन्धित समाचार : मुख्यमन्त्री र मन्त्रीको आमाबुवाको नाममा रहेको ट्रस्टलाई छुट्याइयो लाखौंको बजेट, गण्डकी सरकारमाथि उठ्यो प्रश्न



Source link

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img