spot_img

सीपीसीका विदेश सम्पर्क विभागका मन्त्री चियाचाओ र प्रधानमन्त्री देउवाबिच भेट

काठमाडौं : चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)का विदेश सम्पर्क विभागका मन्त्री लिउ चियाचाओले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा चियाचाओ र देउवाबिच भेट भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ।

चियाचाओ आजै नेपाल आइपुगेका हुन्। आज बिहान १० बजे एयर चाइनाको विमानमार्फत् उनी ८ सदस्यीय टोलीको नेतृत्व गर्दै काठमाडौं ओर्लिएका हुन्। गत मे महिनामा विभागको प्रमुखमा नियुक्त भएपछिको उनको यो पहिलो नेपाल भ्रमण हो।

विभाग प्रमुखमा नियुक्त भएसँगै उनले नेपालका राजनीतिक दलका प्रमुखसँग भर्चुअल बैठक गरेका थिए। प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली, सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, परराष्ट्र मन्त्री एवं कांग्रेस नेता नारायण खड्कासँग उनले भर्चुअल बैठक गरेका थिए।

उनले काठमाडौंस्थित चिनियाँ दूतावासका अधिकारीहरुबाट नेपालको राजनीतिक अवस्थाका बारेमा रिपोर्टिङ लिएका छन्। उनले राष्ट्रपति विद्यादेवी भण्डारीसँग पनि शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको छ। त्यस्तै, मन्त्री लिउले एमाले अध्यक्ष ओली, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललगायतका नेतासँग पनि भेट गर्नेछन्।



Source link

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img