spot_img

बुटवलमा होटेलको कोठामा युवती मृत भेटिन्, कोठामा अर्का युवक पनि बसेको आशङ्कामा खोजी गर्दै प्रहरी

काठमाडौंः बुटवलको गोलपार्कस्थित एक होटेलमा युवती मृत फेला परेकी छिन्।

बुटवल घर भएकी २१ वर्षीय सदीक्षा गुरुङ होटेलको कोठामा मृत फेला परेको प्रहरीको अनुसन्धानमा खुलेको छ। उनी शुक्रवार होटेलमा बस्न पुगेकी थिइन्। पूर्वी पाल्पाली गाल्धाली होटेलको कोठा नम्बर  १ सय ५ मा बसेकी गुरुङ झुन्डिएको अवस्थामा फेला परेकी हुन्।

‘दिउँसो होटेल चेक आउट गर्दा होटेलका मानिस जाँदा झुन्डिएको देखेपछि हामीलाई खबर आएको थियो,’ घटनाको अनुसन्धान गरिरहेका एक प्रहरीले सुनाए।

उनीसँगै होटेलको कोठामा अर्का युवक पनि बसेको जानकारी आएपछि प्रहरीले खोजी गरिरहेको छ। तर होटेलको रेकर्डमा भने युवकको नाम देखिएको छैन। त्यस्तै होटेलमा सिसिटिभी नभएकाले अनुसन्धानमा अप्ठ्यारो परेको प्रहरीले जानकारी दिएको छ।

प्रहरीले होटेल सञ्चालकलाई पनि नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको छ। शवलाई पोस्टमार्टमको लागि लुम्बिनी प्रादेशिक अस्पतालमा लगिएको छ। घटनाको विभिन्न कोणबाट अनुसन्धान भइरहेको छ।

 

 

 

 



Source link

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img