spot_img

राष्ट्रिय स्वाधिनता रक्षाका लागि वाम – लोकतान्त्रिक शक्ति केन्द्रीकृत हुन जरुरी : प्रचण्ड

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मुलुकको राष्ट्रिय स्वाधिनता रक्षाका लागि परिवर्तनकारी वाम–लोकतान्त्रिक शक्तिहरु एकीकृत र केन्द्रीकृत हुन जरुरी रहेको बताएका छन्। मुस्लिम समुदायको पर्व इदको अवसरमा शुभकामना दिँदै प्रचण्डले उक्त भनाई राखेका हुन्।

‘मुलुकको राष्ट्रिय स्वाधिनताका लागि जनयुद्ध र जनआन्दोलनका बलमा हासिल भएका उपलब्धिहरुको रक्षा गर्दै वैज्ञानिक समाजवादको यात्रातिर देशलाई डोर्‍याउन परिवर्तनकारी वाम–लोकतान्त्रिक शक्तिहरु एकीकृत र केन्द्रीकृत हुन जरुरी छ,’ शुभकामना सन्देशमा प्रचण्डले भनेका छन्।

बकर इदको अवसरमा प्रचण्डले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली मुस्लिम दिदीबहिनी तथा दाजुभाइहरुमा सुस्वास्थ्य र दीर्घायूसहित उत्तरोत्तर प्रगतिको कामना गरेका छन्। ‘भाइचारा र पारिवारिक मिलनको रुपमा मनाइने इस्लाम धर्मावलम्बीहरुको यस पर्वले धार्मिक सहिष्णुता, सामाजिक सद्भाव र आपसी मित्रतालाई प्रगाढ बनाई राष्ट्र निर्माण र राष्ट्रिय एकता सुदृढ गर्ने विश्वास लिएको छु,’ उनले भनेका छन्, ‘समाजका यिनै परम्परा, भाषा, धर्म र सँस्कृतिले पारस्परिक सम्मान सहित अघि बढ्न अभिप्रेरित गरिरहेका हुन्छन्। यस प्रकारका चाडपर्वहरूको सम्वद्र्धन र प्रवद्र्धन गर्नु हामी सबैको साझा दायित्व पनि हो।’

 



Source link

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img