spot_img

श्रीलंकामा प्रधानमन्त्री निवासमा प्रवेश गरे प्रदर्शनकारी, घरमा आगो लगाइयो

काठमाडौंः आर्थिक संकटबाट गुज्रिरहेको श्रीलंकाका दिनहुँ प्रदर्शन भइरहेको छ। कफ्यू तोड्दै राष्ट्रपति निवासमा प्रवेश गरेका प्रदर्शनकारी शुक्रबार साँझ प्रधानमन्त्री निवासमा प्रवेश गरेका छन्। प्रधानमन्त्री रनिल विक्रमासिंघेको निजी निवासमा प्रदर्शनकारी प्रवेश गरेको सञ्चार माध्यमहरुले जनाएका छन्। विक्रमासिंघेको निजी निवासमा प्रदर्शनकारीले आगो लगाएका छन्। 

प्रधानमन्त्रीले राजीनामा दिएपछि घरभित्र पसेर आगो लगाइएको हो। आर्थिक अवस्था बिग्रिएपछि महिन्दा राजपाक्षेको ठाउँमा रनिललाई नियुक्त गरिएको थियो।

देशको आर्थिक स्थिति बिगारेको भन्दै प्रदर्शनकारीहरुले राष्ट्रपति गोताबाया राजपाक्षेको बहिर्गमन माग गर्दै प्रदर्शन गर्दै आएका छन्। 

सरकारविरुद्ध प्रदर्शनमा सहभागी हुन कार र बसमा सवार भएर हजारौं मानिसहरु कोलोम्बा पुगेका छन्। रेलबाट पनि धेरै मानिस राजधानी पुगेका छन्। प्रशासनले कर्फ्यू लागू गरे पनि अति सुरक्षित मानिएको क्षेत्रमा प्रवेश गरेर प्रदर्शनकारीहरुले प्रहरीको ब्यारिकेड तोडेका थिए।



Source link

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img