काठमाडौं : अभिनेत्री नीता ढुगांना र ज्योतिष/अभिनेता हरिहर अधिकारी वैवाहिक बन्धनमा बाँधिएका छन्। आज काठमाडौंको दरबारमार्गस्थित होटेल याक एन्ड यतिमा उनीहरुले लगन गाँठो कसेका हुन्।
नजिकका आफन्त र फिल्मकर्मीहरूको उपस्थितिमा उनीहरूको विवाह भएको हो। नीता र हरिहर अर्थात ‘हनी’ जोडी चार वर्षदेखि प्रेमसम्बन्धमा थिए। उनीहरू फिल्म ‘ह्रस्व दीर्घ’मा मुख्य भूमिकामा देखिँदैछन्।