spot_img

बेहाल त्रिचन्द्र कलेज जीर्णोद्वारको पर्खाइमा, लाग्यो नारा : शिक्षा मन्त्रालय कहाँ हरायो ?

काठमाडौं : त्रिचन्द्र कलेजको भवन परिसरको संरक्षण र जीर्णोद्वारको माग गर्दै सत्तारुढ नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघले विरोध प्रदर्शन गरेका छन्। २०७२ सालको भूकम्पपछि जीर्ण बनेको उक्त खण्ड पुनर्निर्माणमा सरोकारवालाले कुनै ध्यान नदिएको भन्दै विद्यार्थीहरु केहीदिन अघि पनि प्रदर्शन गरेका थिए।

संरक्षणको अभावमा घण्टाघर र उक्त क्षेत्रमा रहेका भवनहरु जीर्ण बनेका छन्। २०७२ साल बैशाख १२ गतेको भूकम्पले सो खण्ड चर्कियो। केही समय भवनमा कक्षाहरु भए। तर, जब बर्खा लाग्यो भवनबाट पानी चुहिन थाल्यो। कक्षाकोठामा पढ्न असुरक्षित भएपछि त्यहाँ भइरहेको कक्षालाई पारीपट्टीको सरस्वती भवन सारियो।

तर, भूकम्प गएको ७ वर्ष भइसक्दा पनि सो भवन पुनर्निर्माण हुन सकेको छैन। भवन थप जीर्ण बनेको छ। पर्खालहरु झाडीले घेरिएका छन्। वर्षाले कक्षा कोठालाई थप मक्काएको छ। कहिलेकाहीँ विद्यार्थीहरु त्यहाँ ‘रिफ्रेस’ हुन पुग्छन् तर भवनको हाल देखेर आजित हुन्छन् पनि।

विसं १९७५ भदौ १२ गते त्रिचन्द्र कलेजको स्थापना भएको थियो। यो कलेज साक्षी बन्यो राणा शासनविरुद्धको आन्दोलनदेखि पंचायतविरुद्धको आन्दोलनसम्म। अहिलेका प्रधानमन्त्री शेरबहादुर देउवा यही कलेजमा पढेका थिए। देशलाई थुप्रै नेता दिएको यो अग्रणी शैक्षिक संस्था खोलिएको १०४ वर्ष पूरा भएको छ। घण्टाघर बेलाबेलामा पुनर्निर्माण भएर ठडिइरहे पनि सँगैको कलेज भने अहिले लथालिङ्ग अवस्थामा छ।

त्यसैले गत वर्ष देखि नै नेविसंघले प्रधानमन्त्री शेरबहादुर देउवालाई कलेजको अवस्थाबारे जानकारी गराउन विरोध प्रदर्शन गर्दै आइरहेको  छ। आज पनि विद्यार्थीहरुले त्रिचन्द्र कलेज भवनको संरक्षण र पुनर्निर्माणको माग गर्दै नाराबाजी गरेका थिए। राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले सो भवन निर्माण गर्ने भने पनि हाल सो भवन निर्माण गर्ने अधिकार शिक्षा मन्त्रालयसँग छ। त्यसैले विद्यार्थीहरुले शिक्षा मन्त्रालय हरायो भन्दै आज प्रदर्शन गरेका थिए।



Source link

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img