spot_img

प्रतिनिधि सभामा एकैदिन तीन पटक ‘सांसदको खोजी’, कोरम नपुग्दा पारित भएन विधेयक

काठमाडौँः प्रतिनिधि सभामा एकैदिन तीन पटक गणपुरक संख्या यकिन गर्नुपरेको छ। बुधबार साँझसम्म चलेको बैठकमा चलेको बैठकमा कोरम नपुगेपछि विधेयक पारितको प्रक्रिया नै रोकिएको छ। 

तीन पटक गणपुरक यकिन माग भएकोमा दुई पटक संख्या पुगेन। एकपटक भने संख्या पुगेको थियो। 

पहिलो पटक नेपाल मजदुर किसान पार्टीका प्रेम सुवालले औषधि तेस्रो संशोधन विधेयकमा विचार गरियोस् प्रस्तावका क्रममा संख्या यकिनको माग गरेका थिए। जसमा ६५ सदस्यमात्र उपस्थित भएका थिए।

संवैधानिक व्यवस्था अनुसार कुनै पनि प्रश्न वा प्रस्ताव निर्णयार्थ पेश गर्दा सदनको कूल संख्याको एक चौथाइ उपस्थिति आवश्यक पर्छ। जस अनुसार ६९ सदस्य कम्तीमा उपस्थित हुनुपर्छ। तर, विधेयक निर्णयका लागि पेश गर्ने क्रममा ६५ जनामात्र उपस्थित भएका हुन्। 

दोस्रो पटक पनि सुवालले नै गणपुरक संख्या यकिन माग गरेका थिए। 

दोस्रो पटक पनि स्थगित बैठक सुरु भएलगत्तै सुवालले औषधि तेस्रो संशोधन विधेयक पारितकै क्रममा कोरम यकिनको माग गरेका थिए। जसमा ७६ सांसद उपस्थित भएपछि पारितको प्रक्रिया अघि बढेको थियो। 

तेस्रो पटक भने एमालेका झपट रावलले सामाजिक सुरक्षा विधेयक पारितका क्रममा कोरम यकिन माग गरेका थिए। 

तेस्रो पटक प्रस्ताव निर्णयका लागि पेश गर्न चाहिने संख्या अगुप भयो। अर्थात् कोरम पुगेन। कम्तीमा ६९ सदस्य चाहिनेमा ६७ जनामा उपस्थित भए। त्यसपछि सभामुख अग्निप्रसाद सापकोटाले बैठक बिहीबार दिउँसो २ बजेसम्मका लागि स्थगित गरे। 

यसअघि प्रतिनिधि सभामा असार १२ गते पनि कोरम नपुगेपछि बैठक स्थगित गरिएको थियो। लगत्तै आधा घण्टापछि पुनः अर्को बैठक बसेको थियो। 



Source link

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img