spot_img

दार्चुलामा तुइनबाट खसेर १८ वर्षीय युवक बेपत्ता

काठमाडौँः दार्चुलाको ब्यास गाउँपालिका २ मा तुइनबाट खसेर एक किशोर बेपत्ता भएका छन्। भारतबाबाट नेपाल आउँदै गर्दा १८ वर्षीय सचिन बुढाथोकी बेपत्ता भएका हुन्।

बुढाथोकी दिउँसो साढे तीन बजे भारीसहित दुम्लिङ नजिक भारतबाट नेपाल आउँदै गर्दा तुइन चुढिएर बेपत्ता भएको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ।

गृहमन्त्री बालकृष्ण खाण बेपत्ता बुढाथोकीको खोजी कार्यलाई तीव्रता दिन निर्देशन दिएका छन्।

खाणले दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्याय, सशस्त्र प्रहरी बल सुदूरपश्चिम प्रदेश प्रमुख सशस्त्र प्रहरीका नायब महानिरीक्षक दुर्गाप्रसाद भट्टराई, नेपाल प्रहरीका सुदूरपश्चिम प्रदेश प्रमुख नायब महानिरीक्षक मोहन आचार्यलाई टेलिफोन गरी खोजी कार्य तीव्र बनाउन निर्देशन दिएका हुन्।

गत वर्ष साउन १५ गते पनि जयसिंह धामी गाउँबाट सदरमुकाम खलङ्गा आउने क्रममा एसएसबीले तुइन फुकालिदिँदा बेपत्ता भएका भएका थिए। सरकारले साउन १७ गते छानबिन समिति गठन गरेको थियो। समितिले धामीको बेपत्तामा भारतीय सीमा सुरक्षा बल एसएसबीको संलग्नता रहेको प्रतिवेदन दिएको थियो।



Source link

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img