spot_img

अर्थमन्त्रीमाथि छानबिन गर्न ११ सदस्यीय समिति, एमालेको अडान : राजीनामा दिएर सहयोग गर्नुस्

काठमाडौं : अर्थमन्त्री जनार्दन शर्मामाथि लागेको आरोपबारे छानबिनका लागि ११ सदस्यीय छानबिन समिति बन्ने तय भएको छ। सत्तारुढ दल र प्रमुख प्रतिपक्षी दलबिच ११ सदस्यीय छानबिन समिति बनाउने सहमति भएको नेकपा (एमाले) संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए।

एमालेले अहिले आफ्नो तर्फबाट समितिमा रहने सांसदहरुको नाम टुंगो लगाइरहेको छ। एमालेबाट ४, कांग्रेस र नेकपा (माओ‌वादी केन्द्र)बाट २/२ तथा जनता समाजवादी पार्टी (जसपा), लोकतान्त्रिक समाजवादी पार्टी र नेकपा (एकीकृत समाजवादी)बाट १/१ जना सदस्य रहनेगरी समिति बन्न लागेको हो।

‘११ सदस्यीय छानबिन समिति बनाउने सहमति भएको छ। अहिले हाम्रो तर्फबाट को बस्ने भनेर मिटिङ बसिरहेका छौँ,’ भट्टराईले भने।

समितिलाई निश्चित समय दिएर छानबिन प्रतिवेदन दिन निर्देशन दिइने छ। छानबिनको दायरामा आएको भन्दै एमालेले अर्थमन्त्री शर्माले राजीनामा दिएर सहयोग गर्नुपर्ने अडान राखेको छ।

‘अर्थमन्त्रीले त अब राजीनामा दिनु परिहाल्यो। उहाँकै बारेमा अध्ययन गर्ने भएपछि राजीनामा अनिवार्य छ,’ भट्टराईले भने।

शर्मालाई बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिलाई संलग्न गराएको आरोप लागेको छ।



Source link

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img