spot_img

९० किलो गाँजासहित कारमा सवार दुईजना भारतीय पक्राउ

वीरगंज, २२ असार । जिल्ला प्रहरी कार्यालय, पर्साले लागु औषध ९० किलो गाँजासहित दुईजना भारतीय नागरिकलाई पक्राउ गरेको जनाएको छ । असार २१ गते राति १० बजे वीरगञ्ज महानगरपालिका वडा नं.२८ बगहीको गेटबाट प्रहरीले भारतीय नम्बरको इन्डिगो कारमा सवार दुईजनालाई ९० किलो गाँजासहित पक्राउ गरिएको जिप्रका, पर्साले जनाएको छ । प्रदेश प्रहरी कार्यालय जनकपुर र जिल्ला प्रहरी कार्यालय, पर्साको टोलीले बगही गेटबाट कारलाई रोकी जाँच गर्दा उक्त कारको डिकी र सिटमुनी लुकाइछिपाइ राखेको अवस्थामा ९० किलो गाँजासहित भारत युपी गोपालपुरका ३० वर्षीय रविकान्त भारती र बिहारको बेतिया निवासी २८ वर्षीय सुनील भारतीलाई पक्राउ गरिएको जिप्रका, पर्साले जनाएको छ पक्राउ परेकाहरुलाई लागु औषध सम्बन्धी कसूरमा अनुसन्धान भइरहेको जिप्रका, पर्साले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img