spot_img

छोरो पाउने आशमा बालकको अपहरण, १५ दिनपछि भेटिए बालक

जनकपुरधाम : अपहरणमा परेको १५ दिनपछि प्रहरीले एक बच्चालाई अपहरणमुक्त गराउन सफल भएको छ। गत असार ६ गते जनकपुरधामबाट अपहरणमा परेका ३ वर्षीय बालक सोहन चौधरीलाई प्रहरीले अपहरणमुक्त गराउन सफल भएको हो।

भारतको सीतामढी बर्गिनिया प्रखण्डका हरिओम चौधरीका ३ वर्षीय छोरा अपहरणमा परेको सूचना पाएलगत्तै प्रहरीले खोजतलास गर्दै जाँदा महोत्तरीको पिपरा गाउँपालिकाको वडा नम्बर-४ बाट फेला पारेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक बसन्त रजौरेले जानकारी दिए।

बच्चाको अपहरणमा संलग्न रहेको अभियोगमा पिपरा गाउँपालिका-४ की ५५ वर्षीया मैथुन खातुनलाई पक्राउ गरिएको उनले बताए।

गत असार ६ गते साँझ जनकपुरधामको भ्रमरपुरा चोकमा हरिओमका ३ वर्षीय छोरा सोहन खेलिरहेका थिए। त्यहीँबाट सोहनलाई एक महिलाले आफूसँगै लगेको सीसीटीभी फुटेज फेला पारेपछि प्रहरीले अनुसन्धान तीव्र पारेको थियो।

अनुसन्धानको क्रममा अपहरणमा संलग्न रहेको अभियोगमा पक्राउ परेकी ५५ वर्षीया खातुनले छोरो पाउने लोभमा सोहनलाई अपहरण गरेको हुन सक्ने प्रहरी उपरीक्षक रजौरेले बताए।

उनले भने, ‘खातुनका छोरीहरु रहेपनि सबैको बिहे भइसकेको र छोरो नभएकै कारण उनले सोहनको अपहरण गरिन्।’

खातुनले १५ दिनसम्म सोहनलाई आफ्नै घरमा राखेकी थिइन्। अपहरणमा पर्दा सोहनको कपाल लामो थियो तर हुलिया लुकाउनका लागि पूरै कपाल काटेको उनका बुवा हरिओमले बताए।

यता पक्राउ परेकी खातुनविरुद्ध अपहरण तथा शरीर बन्धक मुद्दामा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।



Source link

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img