spot_img

किसानलाई मल दिने पहिलो प्राथमिकता : नवनियुक्त कृषिमन्त्री  यादव

काठमाडौं : नवनियुक्त कृषि तथा पशुपन्छी विकासमन्त्री मृगेन्द्र कुमार सिंह यादवले किसानलाई मल दिनु आफ्नो पहिलो प्राथमिकता भएको बताएका छन्। सोमवार मन्त्रालयमा पुगेर पदभार ग्रहण गरेसँगै सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै मन्त्री यादवले किसानलाई मल दिनु आफ्नो पहिलो प्राथमिकता भएको बताएका हुन्।

उनले मलको अभाव भएको र किसानले मल नपाएको भन्दै आफ्नो पहिलो प्रयास किसानसमक्ष मल पुर्‍याउनु भएको बताए। उनले बाँकी कामहरु मन्त्रालयको ब्रिफिङ सुनेसँगै तय गर्ने जानकारी दिए।

उनले भने, ‘प्राथमिकता त सबभन्दा पहिले मलखादको अभाव छ। कृषकहरुले पाइराखेका छैनन्। त्यसैको लागि सबभन्दा पहिला मलखाद कसरी किसानहरुमा पुर्‍याउने सबभन्दा पहिला त्यही कुरा हो। विभिन्न कारणले मल ल्याउन सकिएन त्यो त हो तर मेरो प्रयास सकेसम्म सक्दो प्रयास गरेर किसानलाई मल पुर्‍याउने हुन्छ।’

मन्त्री यादवले आज नै राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पद तथा गोपनीयताको शपथ लिएका थिए।



Source link

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img