spot_img

सुशिला, केदारभक्त र गोविन्द केसीले मागे अर्थमन्त्रीको राजीनामा, ‘निजगढमा न्यायालयको मानहानी नहोस्’

काठमाडौं : त्रिभुवन विश्वविद्यालयका पूर्व उपकुलपति केदारभक्त माथेमा, पूर्व प्रधान न्यायाधीश सुशिला कार्की र डा. गोविन्द केसीले अर्थमन्त्री जनार्दन शर्माको राजीनामा मागेका छन्। सोमवार संयुक्त विज्ञप्ति जारी गर्दै उनीहरुले अर्थमन्त्रीको नैतिकतामाथि प्रश्न उठेकाले राजीनामा दिनुपर्ने माग गरेका हुन्।

‘अराजकता र दण्डहीनता कुनै पनि नेपाली नागरिकलाई स्वीकार्य हुन सक्दैन । आधारभुत नैतिकता समेत गुमाएका व्यक्तिहरु मन्त्री पदमा बसिरहँदा त्यो पदको समेत गरिमा खण्डित हुने र सरकारको छवि थप धमिलिने देखिन्छ,’विज्ञप्तिमा भनिएको छ।

अर्थमन्त्री शर्मामाथि बजेट निर्माणका क्रममा अनाधिकृत व्यक्तिलाई संलग्न गराएको आरोप लाग्दै आएको छ। सोही विषयमा सीसीटिभी फुटेज सार्वजनिक गर्न माग गर्दै परेको निवेदनमा अर्थमन्त्रालयले भिडियो डिलिट भएको जनाएको थियो। आज संसदमा पनि नेकपा एमालेले शर्माको नैतिकतामाथि प्रश्न उठाएका थिए।

आज जारी विज्ञप्तिमा तीनजनाले शर्मालाई सीसीटिभी कार्यविधि २०७२ अनुसार कारवाही गर्नुपर्ने मागसमेत गरेको छ। 

प्रधानमन्त्री शेरबहादुर देउवा र सत्तारुढ दलका शीर्ष नेताहरुले निजगढ भ्रमण गरेको विषयमा पनि ध्यानकर्षण भएको विज्ञप्तिमा उल्लेख गरिएको छ। निजगढ विमानस्थलबारे सर्वोच्च अदालतको फैसला कार्यान्वयन गर्छु नभनेकोमा उनीहरुले आपत्ति जनाएका छन्। सर्वोच्चको आदेश प्रतिकूल हुने गरि कुनै पनि काम नगर्न विज्ञप्तिमा ध्यानकर्षण गरिएको छ। 

‘आगामी दिनमा उक्त अन्तर्राष्ट्रिय विमानस्थलसम्बन्धी कुनै पनि काम न्यायालयको आदेश प्रतिकुल वा मान हानि हुने गरी नगर्न पनि ध्यानाकर्षण गराउँछौं,’विज्ञप्तिमा भनिएको छ।

गत शनिवार प्रधानमन्त्री देउवासहित गठबन्धनका शीर्ष नेता निजगढ पुगेका थिए। त्यहाँ पुगेका नेताहरुले निजगढमै विमानस्थल बनाउने घोषणा गरेका थिए।  



Source link

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img