spot_img

विशाल भट्टराईको प्रश्न : अनिवार्य प्रावधानविपरीत के भएर अर्थ मन्त्रालयमा १३ दिनमै सीसीटीभी फुटेज डिलिट हुनगयो?

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का प्रमुख सचेतक विशाल भट्टराईले ३ महिनासम्म सुरक्षित गर्नुपर्ने अनिवार्य प्रावधान विपरीत अर्थ मन्त्रालयले १३ दिनमै सीसीटीभी फुटेज डिलिट गरेकोप्रति आपत्ति जनाएका छन्। आज प्रतिनिधिसभामा उनले अनिवार्य प्रावधान विपरीत १३ दिनमै किन डिलिट गर्नुपर्‍यो भन्दै प्रश्न समेत उठाएका छन्।

उनले भने, ‘१९ गते अर्थ मन्त्रालयले उपभोक्ता हित संरक्षण मञ्चलाई एउटा पत्र लेखेर ‘तपाईँले सूचना माग्नुभयो तर त्यो १३ दिनमै डिलिट भयो’ भनेर जवाफ दियो। गृह मन्त्रालयले यसअघि जारी गरेको एउटा निर्देशिकामा कुनै पनि सरकारी अड्डाको सीसीटीभी फुटेजहरु ३ महिनासम्म सुरक्षित गर्नुपर्ने प्रावधान अनिवार्य गरेको रहेछ। अनिवार्य प्रावधानको विपरीत के भएर अर्थ मन्त्रालयमा त्यो १३ दिनमै डिलिट हुनगयो?’

यत्तिको प्रश्न उठिसकेपछि पदमा रहिरहने कुरा व्यक्तिको नैतिकतासँग सम्बन्धित कुरा भएको भन्दै प्रमुख सचेतक भट्टराईले अर्थमन्त्रीसँग आफूहरुलाई नैतिकताको कुनै अपेक्षा नभएको बताए।

‘हामीलाई अर्थमन्त्रीसँग नैतिकताको अपेक्षा छैन। यत्तिको प्रश्न उठिसकेपछि त्यो पदमा रहिरहने कुरा व्यक्तिको एउटा नैतिकतासँग पनि सम्बन्धित कुरा हो। हामी त्यो अपेक्षा गर्दैनौँ। किनभने त्यो व्यक्तिको अन्तरनिहित गुण पनि हो, उहाँसँग त्यो अपेक्षा गर्नु अलि बढी नै हुन्छ। तर, प्रधानमन्त्री र उहाँ सम्बद्ध दलको नेता के हेरेर बसिरहनुभएको छ?’ उनले भने।



Source link

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img