spot_img

जसपाले मन्त्री फिर्ता बोलायो : नयाँ मन्त्रीमा तीन जनाको नाम सिफारिस

काठमाडौं : जनता समाजवादी पार्टीले आफ्नो पार्टीको तर्फबाट सरकारमा सहभागी मन्त्रीहरुलाई फिर्ता बोलाएको छ। जसपाले कृषिमन्त्री महिन्द्रराय यादव, भौतिक पूर्वाधार मन्त्री रेणुकुमारी यादव र वन तथा वातावरण मन्त्री रामसहायप्रसाद यादवलाई सरकारबाट फिर्ता बोलाएको हो।

जसपाका अध्यक्ष उपेन्द्र यादवले आइतवार नै प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर नयाँ मन्त्रीको सूचीसमेत बुझाएका थिए।

सरकारमा हाल जसपाबाट चार जना मन्त्री सहभागी छन्। राजेन्द्र श्रेष्ठलाई सङ्घीय मामिला तथा सामान्य प्रशासनमा यथावत राखेर तीन नयाँ मन्त्रीको शपथ आजै गराउने तयारीसमेत गरिएको छ। नयाँ मन्त्रीमा भौतिक पूर्वाधार मन्त्रालयमा मोहम्मद इस्तियाक राई, कृषि तथा पशुपन्छी मन्त्रालयमा मृगेन्द्रकुमार सिंह र वन मन्त्रालयमा प्रदीपकुमार यादव सिफारिस भएका छन्।



Source link

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img