spot_img

१७ डिआइजीको पदस्थापनाः एक नम्बर प्रदेशमा गिरी, सिआइबीमा दुर्गा सिंह

काठमाडौं: प्रहरी वरिष्ठ उपरीक्षकबाट प्रहरी नायब महानिरीक्षक पदमा बढुवा भएर आइतबार मात्र दर्ज्यानी चिह्न पाएका १७ जनाको पदस्थापन गरिएको छ। 

पदस्थापन निर्णय अनुसार प्रदेश नम्बर १ को प्रहरी प्रमुखमा सुदीप गिरीलाई जिम्मेवारी दिइएको छ। उनी बढुवा अघि महानगरीय प्रहरी परिसर काठमाडौंमा कार्यरत थिए। त्यस्तै श्याम ज्ञवालीलाई साइबर व्यूरोमा पदस्थापना गरिएको छ। डिआइजी रामदत्त जोशीलाई गण्डकी प्रदेश प्रहरी प्रमुखमा पदस्थापना गरिएको छ। दुर्गा सिंहलाई केन्द्रीय अनुसन्धान व्यूरो ( सिआइबी) मा पदस्थापना गरिएको छ।

पदस्थापन हुनेमा वसन्त कुँवर, टेकप्रसाद राई, अशोक सिंह, दीपक थापा, श्यामलाल ज्ञवाली, किरण बज्राचार्य, सन्दीप भण्डारी, सुदीप गिरी, मीरा चौधरी, टेकबहादुर तामाङ, उमेशराज जोशी, भीमप्रसाद ढकाल, रामदत्त जोशी, पोषराज पोखरेल, बुद्धिराज गुरुङ, दुर्गा सिंह र किरण राणा रहेका छन्।

असार १७ गतेको मन्त्रिपरिषद्को बैठकले बढुवाको निर्णय गरेको थियो।



Source link

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img