spot_img

असंलग्नताको सिद्धान्तले वर्तमान विश्वका समस्या हल गर्नेमा समान धारणा बन्यो: सभामुख सापकोटा

काठमाडौंः सभामुख अग्निप्रसाद सापकोटाले असंलग्नताको सिद्धान्तले मात्रै वर्तमान विश्वका समस्या हल गर्न सक्ने विषयमा असंलग्न राष्ट्रहरुका बीचमा समान धारणा बनेको बताएका छन्।
अजरबैजानको राजधानी बाकुमा सम्पन्न ‘असंलग्न आन्दोलनको संसदीय सञ्जाल’को सम्मेलनमा सहभागी भएर आइतबार साँझ स्वदेश फर्किएपछि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुसँग साझा अवधारणाबारे बताएका हुन्।

उनले संयुक्त राष्ट्रसंघ पछिको सबैभन्दा ठूलो सञ्जालका रुपमा स्थापित असंलग्न राष्ट्रहरुका सभामुखहरुको सम्मेलनमा भूराजनीतिक तनाब, हतियारको दौड, शैन्य खर्च बृद्धि, खाद्य संकट, जलवायु परिवर्तन, आर्थिक मन्दी र मानवीय संकट लगायतका देखा परेका समस्याको असंलग्नताको सिद्धान्तले मात्रै हल गर्न सक्ने विषयमा समान धारणा बनेको बताएका हुन्।

सभामुख सापकोटाले सञ्जाललाई संगठनमा रुपान्तरित गर्नुपर्ने एवं यसको कामलाई दुनियाँले राम्रोसँग सुन्नेगरी बुलन्द गर्नुपर्ने विषयमा बहस भएको बताए।
‘हामीले नेपालबाट सोचेर गएको विषय र नाम राष्ट्रका बीचमा समान धारणा रहेको पायौँ, हामीले सम्मेलनमा राखेको राष्ट्रको दृष्टिकोणमा पनि असंलग्नताको सिद्धान्तको सान्दर्भिकता र अपरिहार्यता अझ बढेर गएको छ। यसलाई अझ सुदृढ गरेर अडाडि बढ्नुको विकल्प छैन। अपरिहार्य आवश्यकता बनेर गएको छ भनेका छौं’, सापकोटाले भने।

उनले नेपाली प्रतिनिधि मण्डलका तर्फबाट सम्मेलनको मुख्य कार्यक्रममा सहभागिता र सम्बोधनबाहेक दुई पक्षीय भेटवार्ता र छलफल भएको जानकारी दिए।

सभामुख सापकोटाको नेतृत्वमा टोली असार १४ गते अजरबैजानको बाकु प्रस्थान गरेको थियो।



Source link

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img