spot_img

वीरगंज महानगरले जारी गर्‍यो श्वेतपत्रः सम्पति कर र ठेक्काको मात्रै ६५ करोड उठाउन बाँकी

वीरगंजः वीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले आइतबार श्वेतपत्र जारी गरेका छन्। महानगरको अवस्थाबारे जानकारी गराउन सिंहले श्वेतपत्र जारी गरेका हुन्।

३८ पृष्ठको श्वेतपत्र जारी गर्दै सिंहले पूर्वाधार, शिक्षा, स्वास्थ्य, बेरूजु रकम, राजस्व, पेश्की, आर्थिक अवस्था र प्रगति विवरण, अनुदान रकम फिर्ता, कार्यालय व्यवस्थापन, सामाजिक सुरक्षा भत्ता, गैरसरकारी संस्थाको समन्वयमा सरसफाइलगायतका अवस्थाबारे जानकारी गराएका छन्।

श्वेतपत्रमा महानगरको नाममा रहेका सार्वजनिक जग्गा तथा स्वामित्वबारे उल्लेख गरिएको छैन।

श्वेतपत्रमा उल्खेख भए अनुसार विभिन्न संस्थाले सम्पत्ति करबापत बुझाउनुपर्ने ३३ करोड ४१ लाख रुपैयाँ बक्यौता रहेको देखाइएको छ। ४८ वटा संस्थाबाट सो रकम असुल गर्नुपर्ने भनी सबैको नाम सार्वजनिक गरिएको छ।

ठेक्कबापत असुल गर्नुपर्ने रकमको विवरण पनि उल्खेख गरिएको छ। २०७६ सालमा ७ करोड १४ लाख, २०७७ मा ९ करोड, २०७८ मा १३ करोड ९ लाख र चालु वर्षमा १६ करोड ५३ लाख रुपैयाँ उठाउन बाँकी रहेको देखाइएको छ।

२६ वटा शीर्षकमा १६ करोड ५३ लाख जरिवानासहितको बक्यौता बाँकी रहेको पनि जनाइएको छ। यसमा मीनाबजार सपिङ कम्प्लेक्स, घडिअर्वा पोखरी, स्वीमिङ पुल, हेल्थ क्लब, शौचालय, सार्वजनिक पोखरी, सवारी करलगायतका शीर्षकहरू रहेका छन्।  

पूर्वाधारतर्फ महानगरको २० वटा स्थानमा ४३.४५ किलोमिटर नाला, २३.२५ किलोमिटर पिच सडक, ० दशमलवग् ४२१ किमी ढलान सडक, माइराम पोखरी ग्रीन पार्क १९ कट्ठा २८ धुर निर्माण गरेको देखाएको छ।

श्वेतपत्रमा शिक्षातर्फ महानगरभित्र ५३ वटा निजी विद्यालयहरुले अनुमतिपत्र लिए पनि अहिलेसम्म तह सञ्चालन नगरेको, दशवटा विद्यालयले अनुमतिपत्र लिए पनि फरक नामले सञ्चालन गरेको जनाइएको छ। स्वास्थ्य क्षेत्रमा ३४ वटा स्वास्थ्य केन्द्र रहेको देखिन्छ।



Source link

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img