spot_img

विभागले बाँड्यो चार लाख विद्युतीय राहदानी, तीन अर्ब राजस्व संकलन 

काठमाडौं : राहदानी विभागले हालसम्म चार लाख बढी विद्युतीय राहदानी वितरण गरेको छ। विभागले गत मंसिर १ गतेदेखि विद्युतीय राहदानी वितरण थालेको थियो। यसअवधिमा विभागले चार लाख १६ हजार २३५ विद्युतीय राहदानी प्रिन्ट गरेर वितरण गरेको परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले जानकारी दिइन्। 

यसअवधिमा विभागमा राहदानीको राजस्ववापत तीन अर्ब १७ करोड ४६ लाख २० हजार ७३१ रुपैयाँ राजस्व संकलन भएको छ। 

यसैबिच राहदानी वितरण सेवालाई हाल ७७ वटै जिल्लामा विस्तार गरिएको उनले जानकारी दिइन्। हाल विभागसँगै ७७ वटै जिल्ला प्रशासन कार्यालय, १७ वटा इलाका प्रशासन कार्यालय र ३५ वटा कुटनीतिक नियोगबाट राहदानीको आवेदन लिने सेवा सुरु भएको उनले जानकारी दिइन्। 

यस्तै, राहदानी विभागले अनलाइन आवेदनको लागि प्रयोग हुने सफ्टवेयर अपडेट गरेको छ। ‘यसबिच विभागले सफ्टवेयर अपडेट गरेको छ। हाल विभागमा आवेदन दिनेको भिड बढेको छ। त्यसलाई सहज बनाउनका लागि सफ्टवेयर अपडेट गरेको हो,’ मन्त्रालयकी प्रवक्ता लम्सालले भनिन्,  ‘यसअघि डमी आवेदन भरेर विचौलियाले चलखेल गरेको पाइयो। सेवाग्राहीले आवेदन भर्दा अप्वोइन्मेन्ट नपाउने गुनासो आयो। अब त्यस्तो हुँदैन। डमी भर्न नमिल्ने बनाएका छौं।’

विभागले प्रत्येक दिन २ हजार ४०० जनाले अनलाइनबाट फारम भर्ने गरेको र फारम भरिसकेपछि १ देखि ४ दिनभित्र विभागमा राहदानी आवेदन फारम बुझाउन सकिने जनाएको छ। आवेदन फारम बुझाएको २ कार्यदिनमा नै राहदानी प्राप्त गर्न सक्ने जनाइएको छ।

विभागले हाल दैनिक ६ हजार ५०० राहदानी उत्पादन गरि वितरण गरिरहेको छ।



Source link

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img