spot_img

‘दलीय संगठनले विश्वविद्यालयमा तालाबन्दी गर्नु दूर्भाग्यपूर्ण’

काठमाडौंः नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले राजनीतिक पार्टी र भ्रातृ संगठनले विश्वविद्यालयहरूमा तालाबन्दी गर्नु दूर्भाग्यपूर्ण भएको बताएका छन्।

नेपाल प्रगतिशील प्राध्यापक सङ्गठनद्वारा आयोजित ‘शिक्षा ऐन र उच्च शिक्षा नीतिः अवसर र चुनौती’ विषयक विचार गोष्ठीमा उनले दल र सङ्गठनबाट विरोधका नाममा तालाबन्दीजस्ता विकृत क्रियाकलापन हुनु उचित नभएको धारणा राखे।

उले सत्तारूढ दलनिकटकै सङ्गठनले पनि विश्वविद्यालयमा तालाबन्दी गरेको सन्दर्भ उल्लेख गर्दै राजनीतिक क्षेत्रले विश्वविद्यालयहरूलाई सही रूपमा सञ्चालनका लागि राजनीति गर्नुपर्ने बताए।

हरेक विषयलाई सही रूपमा सञ्चालन गर्ने, मुलुकमा कति र कस्ता जनशक्ति आवश्यक हुन्छ भन्ने राजनीतिक नेतृत्वको सोच र विश्वविद्यालयका नेतृत्वबीचको तादात्म्यता हुन आवश्यक भएको उनले बताए। विश्वविद्यालयमा प्राध्यापकहरूले विद्यार्थीलाई नेतृत्व विकासका लागि मार्गदर्शन गर्नुपर्नेमा पनि पोखरेलले जोड दिए।

उनले आँकडाहरूले दुर्गमका आम जनतामा उच्च शिक्षाको पहुँच पुग्न नसकेको र गुणस्तरीय सिकाइमा प्राध्यापकहरूमा जिम्मेवारी नभएको स्थितिप्रति सम्बन्धित पक्ष गम्भीर हुनुपर्ने बताए। कार्यक्रममा प्रा रमेश भट्टराई र प्रा डा विनिल अर्यालले कार्यपत्रमा विश्वविद्यालयहरुमा चरम राजनीतिक हस्तक्षेप भएको जनाएका थिए।



Source link

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img