spot_img

उद्योगीलाई मार पर्नेगरि सरकारले काम गर्दैनः गृहमन्त्री खाण

 बुटवलः गृहमन्त्री बालकृष्ण खाणले उद्योगी व्यवसायी सफल नभए सरकार पनि सफल नहुने बताएका छन्। व्यवसायीलाई मारमा पर्नेगरि सरकारले कुनै पनि काम नगर्ने मन्त्री खाणले बताए।

शनिबार रुपन्देहीको तिलोत्तमा उद्योग वाणिज्य संघको तेस्रो अधिवेशनमा खाणले उद्योगीले उठाउँदै आएका विद्युत आपूर्ति तथा ट्रंक लाइनका समस्या समाधानको पहल गर्ने बताए।

कार्यक्रममा लुम्बिनी प्रदेशका शहरी विकास तथा पर्यटनमन्त्री डिल्लीबहादुर चौधरीले प्रदेश सरकारले उद्योगी व्यवसायीसँग हातेमालो गरेर अगाडि बढ्ने बताए।

तिलोत्तमा नगरपालिकाका नगर प्रमुख रामकृष्ण खाणले विकासका लागि उद्योगी व्यवसायीसँग गर्ने बताए।

तिलोत्तमा उद्योग वाणिज्य संघका अध्यक्ष गुणनिधि भण्डारीले सरकारका नीति निजी क्षेत्रमैत्री बन्न आवश्यक रहेको बताए।



Source link

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img