धनुषा । खुल्ला सिमानाकाको फाईदा उठाउँदै तस्करहरुको रजगत कुनै नौलो कुरो हौईन । यही तस्करीलाई नियन्त्रण गर्न सिमानाकामा सशस्त्र प्रहरी र नेपाल प्रहरी खटाईएको छ । तर धनुषाको खजुरी र औरेही लगायतको नाकाबाट प्रहरीकै सहयोगमा दिनहु लाखौंको अबैध तस्करी भईरहेको छ ।
नेपाल प्रहरी र सशस्त्र प्रहरीको माथिलो निकायकै सेटिङ्गमा सो नाकाबाट तस्करी भईरहेको हो। धनुषामा नामुद तस्करका रुपले चिनिने सुरेशले महिनाको चार लाख पचास हजार बुझाएर महिनाथपुर नाकाबाट कपडा र सुर्ती नेपालतर्फ भित्र्याउने लाइन पाएका छन् ।
त्यस्तै, दुहबी नाकाबाट राजिव माहासेठले महिनाको पाच लाख बुझाएर नेपालबाट चाइनिज स्याउ, कोलगेट टुथपेस्ट, फेयर लबली, सुपारी लगायतका भारततर्फ पठाउने गरेका छन् भने भारतबाट कपडा ,हार्डवेयर , मोटर पाटस, पानपराग ,रजनिगन्धा , लगायतका समानहरु पिकअप र मोटरसाईकलको माध्यमले तस्करी गर्दै आएका छन् ।
इनर्वा नाकाबाट सुनिल यादव र अजय यादवले महिनाको २ लाख बुझाएर सिल प्याक मदिरा रक्सीको तस्करी गरि भारततर्फ पठाउने लाइन पाएका छन् । खजुरी नाकाबाट छोटे अहेसान नामका तस्करले महिनाको १ लाख बुझाएर चाइनिज सामान र नेपाली आईटम भारततर्फ तस्करी गरि पठाउने गरेका छन् ।
बरतुल्ला , सम्तुल्लाह , नरेशले महिनाको १ लाख बुझाएर भररिया ४ न.वडा नाकाबाट कपडाको तस्करी मोटरसाईकलको माध्यमले गर्दै आएका छन् । मुखियापटी मुशहर्नियाघाट नाकाबाट उमेश दास , फेकन , बिन्देश्वर नायक , शिवनरायण साहले महिनाको १ लाख बुझाएर नेपालबाट सिल प्याक रक्सी, मदिरा र ड्रोन क्यामरा भारततर्फ तस्करी गरिरहेका छन् भने भारतबाट कपडाको तस्करी गरि नेपाल भित्र्याइरहेका छन् ।
यी तस्करहरुको सो नाकाबाट तस्करीको लाईन नेपाल प्रहरीका मधेश प्रदेशका डिआईजी मसाउद आलमले नै दिएको स्रोतले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख प्रहरी उपरीक्षक बसन्त रजौरेले सई- नागेन्द्र राउत अहिर ,हवल्दार मनोज महतो र सहायक हवल्दार अमोद चौधरी लाई परिचालन गरेका छन भने डिआईजीले हवलदार भुगेन्द्र पासवानलाई अघोषित घुमुवा परिचालन गरि तस्करहरुबाट अबैध असुली गराई तस्करी गराउने गरेको स्रोतले दाबी गरेको छ ।
करिब डेढ वर्षसम्म धनुषामा घुमुवाको रुपमा काम गरिसकेका पासवानको तस्कर समूहबाट तस्करी बापत उठाएको अबैध रकमबाट गन्हाई सकेपछि आईजीपीले तानेर उनलाई करिब ३ महिनासम्म करेक्शन तालिम सजाय जस्ता तालिम गराए ।
त्यसपछि रातोमाटी गण हेटौंडामा पठाईयो । त्यहाँबाट डआईजी आलमले तानि अहिले अघोषित घुमुवाको रुपमा परिचालन गरेका छन् । डिआईजी आलमकै पावरमा तस्करी खुलाई तस्करहरुबाट अबैध असुली गरिरहेको स्रोतले जनाएको छ ।
सो नाकाबाट सुरेश साहले खजुरी नाकाबाट हार्डवेयर, किराना सामानहरु, औरेहि नाकाबाट समतुल्लाह र बर्तुलाले रेडिमेट कपडा, धुहवी नाकाबा कपडा, हार्डवेयर, विभिन्न सामनको दुहवी नाका र सोहन जलान जटही नाकाबाट तस्करी गरिरहेको स्रोतले जनाएको छ ।
यिनीहरुले गर्ने तस्करीसंग आफूले सबै मालसमान कटाई दिने भन्दै डिआईजीको अघोषित घुमुवाको रुपमा परिचालित हवल्दार पासवानले तस्करहरु सुरेश साहसंग रु एक लाख ५० हजार, समतुल्लाहसंग ५० हजार, बर्तुल्लाहसंग एक लाख, राजिव महासेठसंग एक लाख ५० हजार, नरेश साहसंग एक लाख र सोहन जलानसंग पनि एक लाख असुलेको स्रोतले दाबी गरेको छ ।