spot_img

यस्तो छ आजको मौसम पूर्वानुमान

काठमाडौं : गएराति भारी वर्षा भए पनि शनिवार भने भारी वर्षाको पूर्वानुमान गरिएको छैन। हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम विभागको मौसम पूर्वानुमान महाशाखाले जनायो।

हाल देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश नं १, वाग्मती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरुमा हल्का वर्षा भइरहेको महाशाखाले जनाएको छ।

आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। देशका पहाडी भू-भागका धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाको बुलेटिनमा उल्लेख छ। देशका तराई क्षेत्रका केही स्थानमा हल्का वर्षाको सम्भावना छ।

रातीदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली र अन्य भू-भागमा आंशिक बदलीदेखि मौसम समान्यता सफा रहने महाशाखले जनायो। प्रदेश १, वाग्मती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सूदुर पश्चिम प्रदेशका केही स्थानहरुमा हल्कादेखि मध्यम र अन्य भू-भागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको बुलेटिनमा उल्लेख छ। 

 

 



Source link

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img