spot_img

राष्ट्रपति भण्डारीलाई ओहोदाको प्रमाणपत्र बुझाएपछि प्रधानमन्त्री देउवासँग भारतका नयाँ राजदूतको शिष्टाचार भेट

काठमाडौं : नेपालका लागि भारतका नवनियुक्त राजदूत नवीन श्रीवास्तवले राष्ट्रपति विद्यादेवी भण्डारीलाई ओहोदाको प्रमाणपत्र बुझाएका छन्। बिहीवार राष्ट्रपति निवासमा आयोजित एक समारोहमा उनले प्रमाणपत्र बुझाएका हुन्।

भारतीय विदेश मन्त्रालयको पूर्वी एसिया डिभिजनको प्रमुख रहेका उपसचिव श्रीवास्तवलाई एक महिनाअघि नेपालका लागि राजदूतमा नियुक्त गरेको थियो। केहीदिन अघिमात्रै उनी काठमडौं आएका थिए।

राष्ट्रपति भण्डारीलाई ओहोदाको प्रमाणपत्र बुझाएर श्रीवास्तव प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए। त्यहाँ उनले प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेट गरेका थिए। छलफलका क्रममा श्रीवास्तव देउवाको भारत भ्रमण र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको लुम्बिनी भ्रमणले दुई देशबिचको द्विपक्षीय सम्बन्ध थप बिस्तार भएको बताएका थिए। यस्तै, उनले दुई देशबिचको मित्रवत् समबन्धलाई थप प्रगाढ बनाउन आफूले प्रयास गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन्।



Source link

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img