spot_img

फिल्म ‘प्रसाद २’ निर्माणको घोषणा

काठमाडौंः फिल्म ‘प्रसाद २’को औपचारिक घोषणा भएको छ।

सुभाष थापा प्रोडक्सनको ब्यानरमा बन्न लागेको फिल्मलाई सुदर्शन थापाले निर्देशन गर्दैछन्। यसअघि प्रसादलाई दिनेश राउतले निर्देशन गरेका थिए।

सुशील पौडेलको लेखनमा बन्ने यो फिल्मबाट केशव पाण्डेले फिल्म निर्माणमा हात हालेका छन्। पाण्डेको फिल्म क्षेत्रको पहिलो अनुभव हो। निर्माता सुभाषसँग पाण्डेले निर्माणमा साझेदारी गरेका हुन्।

कार्यक्रममा पाण्डेले कर्पोरेट क्षेत्रले फिल्ममा लगानी गर्दा व्यवसायिकता माथि उठ्ने भन्दै लगानीका लागि तयार भएको बताए।

फिल्ममा विपीन कार्की र नम्रता श्रेष्ठ मुख्य अभिनय रहने छ। फिल्ममा अर्पण थापाको समेत इन्ट्री भएको छ। प्रसादमा मुख्य भूमिकामा रहेका निश्चल बस्नेत बाहिरिँदा अर्पणको प्रवेश भएको हो।

लेखक पौडेलले फिल्म नाम मात्रैको सिक्वेल नहुने बताए। ‘जहाँबाट प्रसादको कथा सकिएको छ प्रसाद २ त्यहीँबाट सुरु हुने छ। बाबुराम र नारायणी गाउँ फर्किएपछि उनीहरूको जीवनमा आउने उतारचढाव नै फिल्मको केन्द्र हो’, पौडेलले भने।



Source link

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img