spot_img

धान दिवसको दिन किसानको लागि रासायनिक मल माग्न कृषि मन्त्रालय पुगे प्रदीप पौडेल

काठमाडौं : नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले राष्ट्रिय धान दिवसको अवसरमा कृषकले मल नपाएकोप्रति सरकारको ध्यानाकर्षण गराएका छन्। नेता पौडेल तत्काल मल उपलब्ध गराउनु पर्ने मागसहित कृषिमन्त्री महेन्द्र राय यादवलाई भेट्न सिंहदरबार पुगेका हुन्।

नेता पौडेलको नेतृत्वमा नेपाल विद्यार्थी संघका निवर्तमान महामन्त्री बलदेव तिमल्सिना, पूर्व केन्द्रीय सदस्य सुशील भट्ट, कांग्रेसका नेताहरू कृष्ण पौडेल, भागवत रेग्मीलगायतका नेताहरू सिंहदरबार पुगेका थिए।

मल अभावको सन्दर्भमा कृषिमन्त्रीको ध्यानाकर्षण गरिएको नेता पौडेलले बताए।

‘आज धान दिवस भनेर सबैले शुभकामना व्यक्त गर्नुभयो। मौखिक शुभकामनाले किसानले राहत पाउने, मल पाउने सम्भावना हुँदैन। किसानको मुख्य समस्या भनेको मलको अभाव हो’, मन्त्रीसँगको भेटपछि पौडेलले भने, ‘अहिले किसानले मल नपाएको स्थिति छ। यो कुरालाई तत्काल सम्बोधन गर्न आवश्यक छ। यिनै कुरामा सरकारको ध्यानाकर्षण गर्न मन्त्रीजीसँग छलफलका लागि आएको हुँ।’

नेता पौडेलले राज्यका नागरिकका लागि दुःख गरिरहेका किसानले सहजै मलखाद नपाउने कुरा स्वाभाविक नभएकोसमेत बताए। उनले किसानलाई अगामी दिनमा यस्तो समस्या हुँदैन भन्ने प्रतिवद्धता सरकारबाट दिलाउन खोजेको पनि बताए।



Source link

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img