spot_img

दार्जीलिङको गोरखाल्याण्ड प्रशासन चुनावमा अनित थापाको पार्टीको बहुमत

काठमाडौं : भारतको गोरखा ल्याण्ड टेरिटोरियल एडमिनिस्ट्रेसन (जीटीए)को निर्वाचनमा अनित थापा नेतृत्वको भारतीय गोरखा प्रजातान्त्रिक मोर्चा (बीजीपीएम)ले बहुमत हासिल गरेको छ। जुन २६ मा ४५ सिटका लागि भएको निर्वाचनमा जीटीएका पूर्व अध्यक्ष थापाको पार्टी बीजीपीएमले २७ सिट जितेको हो।

त्यस्तै, अजय एड्वर्ड्स नेतृत्वको हाम्रो पार्टीले ८, पश्चिम बंगालको सत्तारुढ दल तृणमुल कंग्रेसले ५ र स्वतन्त्र ५ उम्मेद्वारले जित हात पारेको सिलिगुरी टाइम्सले जनाएको छ।

दार्जीलिङको स्थानीय सरकारको रुपमा रहेको जीटीएको निर्वाचनमा भारतको सत्तारुढ दल भाजपा र उसका स्थानीय सहयोगी दलहरुले भने निर्वाचन बहिस्कार गरेका थिए। यो निर्वाचनमा कुल उम्मेदवारको दुई तिहाई स्वतन्त्र उम्मेदवार चुनावी प्रतिस्पर्धामा उत्रिएका थिए।

४५ सिटका लागि चुनावी मैदानमा उत्रिएका कुल २७७ उम्मेदवार मध्ये १६९ उम्मेदवार स्वतन्त्र थिए।

जीटीए स्थापना भएको १० वर्षपछि त्यहाँ चुनाव भएको थियो। २०१७ मा त्यहाँ गोरखाल्याण्ड माग गर्दै गोरखा जनमुक्ति मोर्चाले १०० दिनसम्‍म आन्दोलन गरेको थियो। सो आन्दोलन हिसांत्मक भएको थियो। निर्वाचनमा जित हात पारेको पार्टीका अध्यक्ष थापा त्यतिबेला गोजमोका महासचिव थिए। यो चुनाव गोजमोले बहिस्कार गरेको थियो।

गोजमोबाट अलग हुँदै थापाले पश्चिम बंगाल सरकारलाई साथ दिएका थिए। त्यससँगै मुख्यमन्त्री ममता बनर्जीले उनलाई जीटीएको अध्यक्ष बनाएकी थिइन्। बीजीपीएमले ४५ सिटमध्ये ३६ सिटका लागि उम्मेदवार उठाएको थियो। मोर्चाका अध्यक्ष थापाले खरसाङको गिद्ध पहाड र सिटोङ लाठपञ्जर क्षेत्रबाट जित हात पारेका छन्। 

चुनावमा छुट्टै गोरखाल्याण्ड पक्षधर दलहरु भने सहभागी भएनन्। यहाँको चुनावमा ६० प्रतिशत भन्दा कम मत खसेको थियो।

यसैबिच, सिलिगुरी सवडिभिजनल काउन्सिल पञ्चायत निर्वाचनमा पश्चिम बंगालको सत्तारुढ दल तृणमुल कंग्रेसले अग्रता कायम गरेको छ। ४६२ सिटका लागि भएको चुनावमा तृणमुल कंग्रेस ३११ सिटमा अगाडि हुँदा भाजपा भने ७४ सिटमा अग्रता लिइरहेको छ। यहाँ कंग्रेस १६, वामपन्थी दलहरुले १२ र स्वतन्त्रले ११ सिटमा अग्रता लिएका छन्।  



Source link

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img