spot_img

खुमलटारमा धान रोप्दै कृषि मन्त्री यादवले खुलाए मल ल्याउन नसक्नुको कारण  

काठमाडौं : कृषि तथा पशुपंक्षी विकासमन्त्री महिन्द्रराय यादवले अन्तर्राष्ट्रिय बजारमा मलको मूल्यवृद्धि भएका कारण ठेकेदारले मल ल्याउन नसकेको बताएका छन्। बुधवार राष्ट्रिय बाली विज्ञान अनुसन्धान केन्द्र खुमलटार फार्म परिसरमा आयोजित ‘१९ औँ राष्ट्रिय धान दिवस तथा रोपाईं महोत्सव २०७९’ कार्यक्रममा यादवले मलको ठेक्का लिएका ठेकेदारले मल ल्याउन नसकेका कारण ठेक्का रद्द गर्नुपर्ने अवस्था आएको बताएका हुन्।

‘युरिया मल ल्याउनका लागि हामीसँग अहिले जुन प्रकारको अवस्था छ, यसको मुख्य कारण के हो भने अहिले जुन प्रकारको अन्तर्राष्ट्रिय बजारमा मूल्यवृद्धि भएको छ र त्यो मूल्यवृद्धिले गर्दा यस मन्त्रालयबाट मंसिर, फागुन महिनामा दुई लाख मेट्रिक टन ठेक्का ठेकेदारले लिइसकेको, मूल्यवृछि हुँदाखेरी दुई लाख मेट्रिक टन ल्याउनसक्ने अवस्था रहेन र त्यो ठेक्का रद्द गर्नुपर्ने भयो,’ उनले भने।

उनले ठेकेदारले समयमा कहिल्यै मल ल्याउन नसकेको भन्दै निजी क्षेत्रलाई मल ल्याउन दिने कि नदिने भन्नेमा छलफल भइरहेको समेत बताए। साथै, मलको मूल्य पनि स्वचालित मूल्यमा निर्धारण हुनुपर्ने उनले बताए।

उनले धानको उत्पादन बढाउनका लागि यान्त्रिकरण, बजारीकरण, भण्डारण र किसानको लागत मूल्यको निर्धारण गर्नु आवश्यक रहेको पनि बताए।



Source link

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img