spot_img

आँबुखैरेनीमा पहिरो खसेर अवरुद्व भएको पृथ्वी राजमार्ग आयो सञ्चालनमा

तनहुँ : पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी-२ स्थित ऐना पहरा नजिक पहिरो खसेर अवरुद्व भएको राजमार्ग सञ्चालनमा आएको छ। माथिबाट पहिरो खस्दा अवरुद्व भएको राजमार्ग डोजरको सहायताले पहिरो पन्छाएपछि पुनः सञ्चालन भएको इलाका प्रहरी कार्यालय आँबुखैरेनीले जनाएको छ।

बिहान करिब ६ बजेदेखि पहिरो खसेर राजमार्ग अवरुद्ध भएपछि सयौँ सवारीसाधन रोकिन पुगेको थियो। मुग्लिन, आँबुखैरेनी हुँदै गोरखा जाने सडकमा सवारी साधन पुनः सञ्चालन भए पनि पोखरा जाने राजमार्ग सडक अवरुद्व नै रहेको प्रहरीले जनाएको छ।

त्यसैगरी, सोही वडास्थित ढावटारमा भने राजमार्ग अवरुद्ध नै रहेको छ। माथिबाट पहिरो खस्दा राजमार्ग अवरुद्ध भएपछि पहिरो पन्छाउने कार्य भइरहेको तनहुँका प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए।

उनले भने, ‘अब केही समयभित्र सडक चलाउने गरी काम भइरहेको छ।’



Source link

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img