spot_img

हेटौँडाको अनलाइन जुवा खेल्ने अखडामा प्रहरीको छापा, डेढ लाख रकमसहित ११ जना पक्राउ

हेटौँडा : मकवानपुर प्रहरीले अनलाइन जुवा खेल्ने ११ जनालाई पक्राउ गरेको छ। हेटौँडा उपमहानगरपालिका-४ कमलडाँडा डेरा गरी बस्ने कुलदीप पाठकको कोठामा अनलाइन जुवा खेलिरहेको अवस्थामा ११ जनालाई प्रहरीले पक्राउ गरेको हो।

पक्राउ परेकाहरूलाई प्रहरीले आज पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्तासमेत रहेका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले कमलडाँडास्थित रुक्मणी न्यौपानेको घरको तेस्रो र चौथो तला भाडामा लिई सञ्चालन गरेको सूर्यप्रसाद टेक्नोलोजी प्राइभेट लिमिटेडमा हारजित हुने गरी अवैध रूपमा अनलाइन गेम खेल्नेहरूलाई पक्राउ गरिएको जानकारी दिए।

उनले पक्राउ परेकाहरूको साथबाट १ लाख ४५ हजार ७५ रुपैयाँ नगद, ११० थान मोबाइल, ५ थान कम्प्युटर, ३ थान ल्यापटप र ४ थान राउटर फेला पारेको बताए।

पक्राउ पर्नेहरूमा हेटौँडा-९ लामसुरे बस्ने २३ वर्षीय निशान आचार्य, हेटौँडा-४ कमलडाँडा बस्ने २४ वर्षीय राजीव गौतम, हेटौँडा-११ बस्ने २७ वर्षीय मधुकर बानियाँ, हेटौँडा-१४ चुरियामाई बस्ने २४ वर्षीय निमा थिङ, हेटौँडा-१२ बस्ने २३ वर्षीय विकास बल, मनहरी गाउँपालिका-४ बस्ने २० वर्षीय जोसिल खत्री रहेका छन्।

त्यसैगरी, गोरखाको पालुङटार नगरपालिका-७ बस्ने २२ वर्षीय डुलास तामाङ, पालङटारका २० वर्षीय तिकमान तामाङ, पालङटारकै २१ वर्षीय राजु तामाङ, पालुङटार-८ बस्ने २५ वर्षीय अमोश तामाङ, बाराको निजगढ नगरपालिका-४ बस्ने २० वर्षीय अर्पण खड्कालाई पनि पक्राउ गरिएको कार्कीले जानकारी दिए।

उनले घटनाको बारेमा विस्तृत रूपमा अनुसन्धान भइरहेको बताए। प्रहरीका अनुसार कुलदीप पाठक भने हाल फरार छन्। उनको खोजी गर्नुका साथै उक्त घटनाको बारेमा आवश्यक अनुसन्धानका साथै कानुनी प्रकृया अगाडि बढाएको प्रहरी जनाएको छ।



Source link

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img