spot_img

इरान-अमेरिका वार्ता कतारमा हुने, भियन्नाको सट्टा आणविक वार्ताका लागि इरानले किन रोज्यो खाँडी राष्ट्र?

काठमाडौं : इरान र अमेरिकाबिचको आणविक वार्ता कतारमा हुने भएको छ। त्यहाँको सरकारी सञ्चार माध्यम तेहरान टाइम्सले उल्लेख गरेको छ।

तीन महिना अगाडि भियन्नामा भएको वार्तालाई निरन्तरता दिन इरान तयार रहेको जनाएको छ। युरोपियन युनियनका विदेश नीति प्रमुख जोसेप बोरेलको तेहरान भ्रमणको परिणाम स्वरुप रोकिएको आणविक वार्ताप्रति सकरात्मक देखिएको छ।

यो वर्ताले अमेरिका र इरानबिच सन् २०१५ मा भएको ‘न्युक्लियर डिल’ पुनर्जीवित गर्ने अपेक्षा राखिएको छ। अमेरिकासँगको अवरुद्ध आणविक वार्ताका लागि इरानका शीर्ष आणविक वार्ताकार एवं कतारका लागि इरानका राजदूत हमिदरजा देघानी दोहोमा प्रतीक्षा गरिरहेको समेत समाचारमा उल्लेख छ। वार्तापछि ‘जोइन्ट कम्प्रिहेन्सिभ प्लान अफ एक्सन’ पुन: कार्यान्वयनमा आउने छ।

भ्रमणपछि बोरेलले इरानी विदेशमन्त्री अमिर अबदोल्लाहिअनसँगको भेटका क्रममा दुई जनाबिच इरान र अमेरिकाबिच संवादलाई पुन: सुरु गर्न सहमति भएको बताएका छन्।

सो वार्तापछि अर्को महत्त्वपूर्ण घोषणासमेत भएको तेहरान टाइम्सको समाचारमा उल्लेख छ- ‘अब भियन्ना वार्ता भियन्ना होइन पर्सियन गल्फ देशमा हुनेछ। सम्भवत कतार।’

वार्ताका लागि इरानका लागि अमेरिकी विशेष प्रतिनिधि रोब मालीले सोमवार राति कतार पुगेका छन्। उनले कतारी विदेशमन्त्री अब्दुल हमान अल थानीसँग इरान समस्या समाधान गर्न संयुक्त कूटनीतिक प्रयासबारे वार्ता गरेका थिए। इरानसँगको वार्ताका लागि स्थान उपलब्ध गराउन कतारले सहर्ष सहमति जनाएको कतारी विदेश मन्त्रालयले बताएको छ।

यसैबिच, यो वार्ता पी-४ प्लस-१ नभइ पी-५ प्लस-१ अन्तर्गत हुने छ। यो वार्ता इरान, ईयू र अमेरिकाबिच हुने छ।

यो वार्ता गल्फ देशहरुमा रोज्नु इरानको ‘छिमेक नीति’को हिस्सा भएको बताइएको छ। इरानले विशेष गरी साउदी अरब र इरानसँग सम्बन्ध बढाउन चाहन्छ। छिमेक नीति अनुसार इरानले पछिल्लोसमेत मध्य एसियाली देशहरुसँग सम्बन्ध बढाएको छ। जसमध्ये पछिल्ला साता मात्र तुर्कमेनिस्तान, ताजिकिस्तान र कजाकस्तानका नेताहरुले तेहरान भ्रमण गरेका छन्।

त्यस्तै, इरानका राष्ट्रपति इब्राहिम राइसीले कतार, यूएई र ओमानको भ्रमण गरेका थिए। पछिल्लो समय तेहरानको रियादसँग पनि सम्बन्ध सुधार हुँदै गएको छ। रियाद भ्रमणबाट फर्किएका इराकी प्रधानमन्त्री मुस्ताफा अल-खादिमीले इरानको लागिसमेत सन्देश बोकेर फर्किएको तेहरान टाइम्सको अर्को समाचारमा उल्लेख छ।

अलखादिमी साउदीबाट तेहरान प्रस्थान गरेका थिए। साउदी अरबको विदेश मन्त्रालयका प्रवक्ताले सो भ्रमणपछि साउदी इरानसँग सम्बन्ध सुधारका लागि तयार रहेको जाएका छन्। पछिल्लो वर्षमा इराकले साउदी र इरानबिचका पाँच वटा वार्ताको आयोजना गरेको थियो। पछिल्लो वार्ता अप्रिलमा भएको थियो। 



Source link

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img