spot_img

माओवादीभित्र मन्त्री फेर्ने एजेन्डा छैन : दिनानाथ शर्मा, ‘एकीकृत समाजवादीले अपरिपक्वता देखायो’

काठमाडौं : छोटो समयका लागि मन्त्री फिर्ता गर्ने नेकपा एकीकृत समाजवादीको निर्णय अपरिपक्क भएको नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य दिनानाथ शर्माले बताएका छन्। मंगलवार काठमाडौंमा भएको एक कार्यक्रममा शर्माले ४/५ महिनामा कुनै पनि मन्त्रीले कामको परिणाम दिन नसक्ने समेत बताए।

‘एउटा निश्चित अवधि काम गर्न पाउने अधिकार मन्त्रीलाई दिनुपर्छ,’ उनले भने, ‘३/४ महिनामा पालो पुर्‍याउनका लागि मात्रै मन्त्री बनाउने काम नगरी देश र जनताको विकासका लागि काम गर्न आवश्यक छ।’ 

पालो पुर्‍याउनका लागि मात्रै मन्त्री बनाउने संस्कृतिलाई दुरुत्साहित गर्न आवश्यक रहेको शर्माले बताए। उनले नेकपा (माओवादी केन्द्र) भित्र मन्त्री हेरफेर सम्बन्धी कुनै छलफल नभएकोसमेत दाबी गरे। 

‘अहिलेको राष्ट्रिय राजनीतिमा मन्त्रीहरु फिर्ता बोलाउने, नयाँ मन्त्री पठाउने तरंग छ। एकीकृत समाजवादीले आफ्ना केही मन्त्रीहरुलाई फिर्ता बोलाएर नयाँ मन्त्रीहरु पठाएको छ,’ उनले भने, ‘त्यो उसको पार्टीको निर्णय हो। भरसक यस्तो नगरेको भए हुन्थ्यो। छिटोछिटो मन्त्री फेर्नु त्यति राम्रो होइन। जनताले त्यसलाई राम्रो मानेका छैनन्।’ पूर्वमन्त्रीसमेत रहेका शर्माले मन्त्रीहरुलाई राम्रोसँग एउटा कार्यकाल चलाउन दिनुपर्नेसमेत बताए। 

‘७ महिनामा कुनै मन्त्रीले केही परिणाम दिन सक्दैन। यसले देशको विकास गर्दैन। हाम्रो पार्टीले अहिले हामीले पठाएका मन्त्रीहरु फेर्ने कुरा गरेका छैनौँ,’ उनले भने, ‘हाम्रो त्यसबारेमा छलफलको एजेण्डा नै बनेको छैन। मन्त्रीलाई छिटो फिर्ता गर्नुले गलत परम्पराको विकास हुन्छ। हामीले के पाउने के नपाउने भन्दा पनि राज्यसत्ता कसरी संचालन गर्ने भन्ने हिसावले परिपक्व निर्णय आगामी दिनमा गर्न आवश्यक छ।’

केन्द्रिय सदस्य शर्माले आगामी निर्वाचनसम्म अहिलेको गठबन्धन निर्धक्क जाने दाबी गर्दै गठबन्धनलाई व्यवस्थित र सुदृढ गर्न आफूहरु लागिपरेकोसमेत बताए। 



Source link

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img