spot_img

कुलवीर थापाको जीवनमा आधारित फिल्म ‘गोर्खा’ भदौ २४ मा रिलिज हुने

पहिलो पटक भिक्टोरिया क्रस प्राप्त गर्ने कुलवीर थापाको जीवनीमा आधारित फिल्म ‘गोर्खा: बिनिथ द ब्रेभरी’को ट्रेलर सार्वजनिक भएको छ। ट्रेलर सार्वजनिकसँगै यो फिल्म आगामी भदौ २४ गते रिलिज हुने पक्का भएको छ।

सार्वजनिक ट्रेलरमा कुलवीर थापाले जर्मनसँगको युद्धमा देखाएको बहादुरीलाई प्रस्तुत गरिएको छ। प्रदीप शाहीको निर्देशित फिल्ममा समिर गुरुङ, गौमाया गुरुङ, स्टुअर्ट वाल्कर, एगिस्टिनो ओबरहोफर, ओली बस्सी, रोबिन फ्रिबर्ग, राजान गुरुङ, सूर्य गुरुङ, स्योन शाही लगायतका कलाकारहरूको अभिनय छ।

फिल्मको कथा निर्देशक शाही आफैंले लेखेका हुन्। शाई प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्ममा विनोद सुवेदी खत्री कार्यकारी निर्माताको रुपमा छन् भने निर्मातामा मधु गुरुङ र प्रयास गुरुङ छन्।



Source link

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img