spot_img

विपद्का बेला सबैभन्दा जोखिममा बालबालिका : विज्ञ

काठमाडौं : नेपालका सबै खालका विपद् जन्य घटनामा बालबालिका धेरै संख्यामा प्रभावित हुने गरेको भए पनि त्यसबाट जोगाउन पर्‍याप्त पूर्व तयारी नभएको सरोकारवालाले बताएका छन्। भूकम्प, बाढी पहिरो, आगलागिजस्ता घटनाहरुमा प्रभावित हुनेमध्ये बालबालिकाको संख्या पनि उल्लेख्य भएको विपद्का क्षेत्रमा काम गर्नेहरुको भनाइ छ।

पूर्व तयारी नहुदा बालबालिकालाई जोखिमबाट बचाउन नसकिएको उनीहरुले बताए। विपद् व्यवस्थापन विज्ञ रामचन्द्र न्यौपानेले हाल भएका नीतिगत संरचनाहरु नै योजना तर्जुमा गर्नका लागि पर्याप्त नभएको बताएका  छन्। उनले भएकै नीतिगत व्यवस्थालाई कार्यान्वयनका लागि सरोकारवालाबिचमा समन्वय नभइरहेको तर्क गरे । ‘विभिन्न निकायबिच समन्वय नभएको पनि पाइन्छ। विभिन्न तहका संरचना छन् अहिले तर परेको बेलामा कोही पनि नहुने अवस्था छ। बालबालिकाको सन्दर्भमा झन बढी संवेदनशिल हुनुपर्ने हो,’ उनले भने।

सिविनले आइतवार ललितपुरमा आयोजना गरेको विपद् व्यवस्थापन र बाल संरक्षण विषयक कार्यशालामा न्यौपानेले अध्ययन अनुसन्धान राम्रोसँग नहुँदा पनि बालबालिकाको हकमा विपद जोखिम न्युनीकरण गर्न नसकिएको बताए। २०७२ सालको भूकम्पपछि विपद्बारे बालबालिका चनाखो हुन थालेको भए पनि अध्यन गरेर समयमै उनीहरुका लागि पूर्व तयारीको योजना बनाउन नसकिएको न्यौपानेको भनाइ छ। ‘अध्ययन अनुसन्धान पनि हामीकहाँ एकदमै कम छ। अध्ययन ननगरिकन यतिकै मान्छेको बुझाइ परिवर्तन गर्न पनि सकिदैन। अध्ययन अनुसन्धानका लागि भनेर सरकारी निकायबाट लगानी उल्लेख्य मात्रामा भएको पाइदैन, हरेक वर्षको बजेट हेर्ने हो भने पनि खासै फरक छैन्,’ न्यौपानेले भने।

चन्द्रागिरी नगरपालिकाकी महिला विकास अधिकृत रश्मी श्रेष्ठले विपद्लाई सामाजिक र आर्थिक मुद्दासँग जोडेर हेर्नुपर्ने बताइन्। महिला र बालबालिका जहिले सबैभन्दा बढी विपद्को जोखिममा पर्ने गरेको श्रेष्ठको भनाइ छ। विभिन्न खालका विपद्बाट प्रभावितहरुको सासमाजिक पक्षबारे ध्यान दिनुपर्ने उनको धारणा छ।

राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणकी वातावरण निरिक्षक रिना चौधरीले प्राधिकरण केही समयअघि मात्रै गठन भएकाले विभिन्न कानुन बनाउने क्रममा रहेको जानकारी दिइन्। अहिले विपद् व्यवस्थापन सम्बन्धि कानुनहरु अहिले मस्यौदाका क्रममा रहेको उनको भनाइ छ।

विपद्का क्षेत्रमा काम गर्नेहरुले बालबालिका विपद्को बेलामा सबैभन्दा बढी जोखिममा पर्ने भए पनि नीति निर्माणको हिसाबले प्राथमिकतामा नपरेको बताएका छन्। त्यसमाथि शारीरिक तथा मानसिक हिसाबले दुर्वल रहेका बालबालिकालाई विपदका झनै बढी जोखिम भएकाले सरकारले यसमा ध्यान दिनुपर्ने विपद व्यवस्थापन विज्ञहरुको भनाइ छ।



Source link

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img