spot_img

यस्तो छ आजको मौसम विश्लेषण

काठमाडौं : हाल देशभर मनसुनी वायुको प्रभाव रहेकोले विभिन्न स्थानमा वर्षा जारी रहेको छ। जल तथा मौसम विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको प्रदेश नं १ लुम्बिनी प्रदेश र सुदुरपश्चिम प्रदेशमा सामान्यदेखि पूर्ण बदली रहि बाँकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहेको छ। कर्णाली र मधेस प्रदेशका एक दुई स्थानमा र बाकी प्रदेशका केहि स्थानमा मेघगर्जन चट्टयाङ्गसहित हल्का देखि मध्यम वर्षा भइरहेको छ।

आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ महाशाखाले जनायो। ‘देशका धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, मधेश प्रदेश, वाग्मती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेशका थोरै र सुदुर पश्चिम प्रदेश का एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ,’ मौसम बुलेटिनमा भनिएको छ।

राति देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ र देशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश नं १, मधेश प्रदेश, वाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा भारी तथा एक-दुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनायो। कर्णाली र सुदुर पश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।



Source link

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img