spot_img

नवनियुक्त मन्त्रीहरुले लिए शपथ

काठमाडौं : नेकपा (एकीकृत समाजवादी)का तर्फबाट सरकारमा सहभागी नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ लिएका छन्।

राष्ट्रपति कार्यालयमा नवनियुक्त मन्त्रीहरुले राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ लिएका हुन्।

नयाँ मन्त्रीमा जीवनराम श्रेष्ठ संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, मेटमणि चौधरी सहरी विकास मन्त्रालय, भवानीप्रसाद खापुङ स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र शेरबहादुर कुँवर श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको जिम्मेवारी प्राप्त गरेका छन्। राज्यमन्त्रीमा नियुक्त हीराचन्द्र केसीलाई प्रधानमन्त्री शेरबहादुर देउवाले शपथ खुवाएका छन्।

राष्ट्रपति भण्डारीले गत असार २९ गते गठित मौजुदा मन्त्रिपरिषद्मा प्रधानमन्त्रीको सिफारिसमा आइतवार हेरफेर गरेका हुन्।



Source link

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img