spot_img

रसिया-युक्रेन युद्ध सुरु भएयता पहिलोपटक देशबाहिर जाँदै भ्लादमीर पुटिन

रसियाका राष्ट्रपति भ्लादमीर पुटिन यही हप्ता मध्य एसियाका दुई देशको भ्रमणमा जाने भएका छन्। रसियाले युक्रेनका दुई विद्रोही राज्यलाई स्वतन्त्र घोषणा गरेपछि सुरु भएको युद्ध जारी रहँदा पहिलोपटक पुटिन देशबाहिर निस्कन लागेका हुन्।  

पुटिनको स्वास्थ्य अवस्थाबारे विभिन्न टिकाटिप्पणी भइरहँदा उनले दुई साना पूर्व सोभियत राज्यहरूको भ्रमण गर्न लागेका हुन्। रोससिया १ स्टेट टेलिभिजन स्टेशनका क्रेम्लिन संवाददाता पाभेल जारुबिनका अनुसार पुटिनले ताजकिस्तान र तुर्कमेनिस्तानको भ्रमण गर्नेछन्। साथै, पुटिनले इन्डोनेसियाका राष्ट्रपति जोको विडोडोसँग पनि भेट गर्ने कार्यक्रम रहेको बताइएको छ।

दुस्हनबेमा पुटिनले ताजकिस्तानका राष्ट्रपति इमोमालि राखमोनसँग भेट गर्नेछन्। अस्घाबातमा पुटिन कास्पिन राष्ट्रहरुको सम्मेलनमा सहभागी हुनेछन्। युद्ध सुरु हुनुअघि पुटिनको अन्तिम विदेश भ्रमण चीनमा भएको थियो। रसिया र युक्रेनबिचको युद्ध भएको १२३ दिन भइसकेको छ। यसबिच ८० लाख मानिस युक्रेनबाट पलायन भइसकेका छन्।

 



Source link

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img