spot_img

मन्त्री फेरबदलका लागि एकीकृत समाजवादी तयारी अवस्थामा, होला त आजै नियुक्ती?

काठमाडौं : नेकपा (एकीकृत समाजवादी)ले आफ्नो पार्टीको तर्फबाट मन्त्री फेरबदल गर्न तयारी अवस्थामा रहेको जनाएको छ। हाल सरकारमा सहभागी रहेका मन्त्रीहरुलाई फिर्ता बोलाएर नयाँ मन्त्रीलाई आजै नियुक्त गर्ने तयारी भइरहेको एकीकृत समाजवादीका एक नेताले जनाए।

यसअघि मन्त्री भएका विरोध खतिवडा,रामकुमारी झाक्री, प्रेम आले र किसान श्रेष्ठलाई मन्त्रिपरिषदबाट फिर्ता बोलाएपछि उनीहरुको स्थानमा आजै नयाँलाई मन्त्रीमा नियुक्तिको तयारी भएको ती नेताले बताए। ‘आधिकारिक जानकारी आइसकेको छैन्। तर,तयारी भइरहेको छ,’ उनले भने। आइतवार नै पर्यटन मन्त्री प्रेम आलेले पार्टी अध्यक्ष माधवकुमार नेपाललाई राजीनामा बुझाएको बताइएको छ। 

यसअघि एकीकृत समाजवादीका तर्फबाट जीवनराम श्रेष्ठलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन ,शेरबहादुर कुँवरलाई श्रम, भवानी खापुङलाई स्वास्थ्य तथा जनसङ्‌ख्या, मेटमणि चौधरी शहरी विकास र हिरा केसीलाई स्वास्थ्य राज्यमन्त्रीका लागि सिफारिस गरिएको थियो। यसअघि स्वास्थ्य राज्यमन्त्री रहेका भवानी खापुङलाई स्वास्थ्य मन्त्रीका लागि एकीकृत समाजवादीले सिफारिस गरेको थियो।  

जेठ २२ गते बसेको एकीकृत समाजवादीको सचिवालयको बैठकले पार्टीका तर्फबाट सरकारमा सहभागी मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गरेको थियो। उक्त निर्णयलाई लिएर सरकारमा सहभागी मन्त्रीहरुले बिरोध गरेपछि निर्णय ३ हप्तासम्म कार्यान्वयन हुन सकेको थिएन। मन्त्रीहरुले प्रधानमन्त्री शेरबहादुर देउवालाई आफूलाई मन्त्रीबाट नहटाउन भन्दै दबाव दिएपछि एकीकृत समाजवादीभित्र विवाद सुरु भएको थियो। सरकारबाट फिर्ता हुन नचाहेको र पार्टीको निर्णिय पालना नभएको भन्दै मन्त्रीहरुको आलोचना भएको थियो।

शनिवार बसेको केन्द्रीय कमिटी बैठकले पार्टीको निर्णय कार्यन्वन गर्न सरकारलाई दबाव दिने निर्णय गरेको थियो। आइतवार बिहानमात्रै पार्टी अध्यक्ष नेपालले केही मन्त्रीको राजीनामा आफूकहाँ आइसकेको बताएका थिए। 



Source link

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img