spot_img

भारतका नवनियुक्त राजदूत श्रीवास्तव आइपुगे नेपाल, चीनबारे राख्छन् विशेष दखल

काठमाडौं : नेपालका लागि भारतका नवनियुक्त राजदूत नवीन श्रीवास्तव नेपाल आएका छन्। शनिबार श्रीवास्तव नेपाल आइपुगेको भारतीय दूतावासले जनाएको छ।

भारतीय विदेश मन्त्रालयको पूर्वी एसिया डिभिजनको प्रमुख रहेका उपसचिव श्रीवास्तवलाई एक महिनाअघि नेपालका लागि राजदूतमा नियुक्त गरेको थियो।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको लुम्बिनी भ्रमणको भोलिपल्ट भारतले रिक्त रहेको राजदूतमा श्रीवास्तवलाई नियुक्त गरेको हो। नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्रा भारतको विदेश सचिवमा बढुवा भएर गएपछि राजदूत खाली थियो।

श्रीवास्तव भारतको विदेश मन्त्रालयको चीन, जापान, दक्षिण तथा उत्तर कोरिया मंगोलिया हेर्नेगरि बनेको पूर्वी एसियाली डिभिजनका प्रमुख भइसकेका छन्। उनले सीमा मामिलासम्बन्धी कार्य संयन्त्रको भारत तर्फबाट नेतृत्व गर्दै आएका थिए।

उनी यसअघि चीनको सांघाईस्थित भारतीय महावाणिज्यदूतको रुपमा काम गरिसकेका छन्। पछिल्लो समय नेपालमा चिनियाँ प्रभाव विस्तार भइरहेको बुझेको भारतले चीन मामिलाका जानकारलाई नेपालको राजदूत बनाएको हो।



Source link

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img