spot_img

spot_img

पेट्रोलियमको कर ५० प्रतिशत घटाउन संसदीय समितिको निर्देशन, लिटरमा ३० देखि ३५ रुपैयाँसम्म घट्न सक्ने

काठमाडौंः संसदीय समितिले पेट्रोलियम पदार्थमा सरकारले उठाउँदै आएको कर ५० प्रतिशतले घटाउन निर्देशन दिएको छ।

पेट्रोलियम पदार्थको चरम मूल्यवृद्धिबाट सम्पूर्ण वस्तु तथा सेवाको महंगीले जनतालाई मार परेकाले यसको असर न्यून गरेर नागरिकलाई राहत दिन पेट्रोलियम पदार्थको कर आधा घटाउन समितिले सरकारलाई निर्देशन दिएको हो।

विद्यमान अन्तराष्ट्रिय परिवेशबाट सिर्जित पेट्रोलियम पदार्थको मूल्यवृद्धि सामान्य नभएसम्मका लागि पेट्रोलियम पदार्थ बिक्रीमा सरकारले विभिन्न शीर्षकमा उठाउँदै आएको कर ५० प्रतिशत घटाउन भनिएको उपसमिति संयोजक प्रकाश रसाइलीले बताए।

उनका अनुसार कर घटाउने सम्बन्धमा आयल निगम र सरकार पनि सकारात्मक रहेको उनको भनाई छ। ‘आयल निगमदेखि सरकार सबैको सहमतिपछि नै यो निर्देशन दिएको हो,’ रसाइलीले भने, ‘पेट्रोल डिजेलमा एक लिटरमा ३० देखि ३५ रुपैयाँसम्म मूल्य घट्न सक्छ।’

समितिको असार ६ गते बसेको बैठकले पेट्रोलियम पदार्थको चरम मूल्यवृद्धिबाट सर्वसाधारण राहत दिन वैकल्पिक उपाय खोजी गर्न सरकारलाई निर्देशन दिएको थियो। सोही बमोजिम असार १० मा समितिअन्तर्गत गठित बजार अनुगमन उपसमितिको बैठकले सभापति समेतको सहभागितामा नेपाल आयल निगमका पदाधिकारीहरुसँग छलफल गरेको थियो।

छलफलमा निगमका अधिकारीहरुले समितिका पदाधिकारीहरुलाई कर कतिसम्म घटाउन सकिन्छ भन्नेबारे आफ्नो राय दिएका थिए। निगमका उपमहानिर्देशक सुशील भट्टराईले भने, ‘हामीले कर कतिसम्म घटाउन सम्भव छ भनेर उहाँहरुलाई ब्रिफिङ गरेका थियौं, त्यही अनुसार उहाँहरुले निर्देशन दिनुभएको हो।’

उक्त छलफलपश्चात् नै समितिले नेपाल सरकार, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, अर्थ मन्त्रालय र नेपाल आयाल निगमलाई आधा कर घटाउन निर्देशन दिएको थियो।

निगमले अहिले आफ्नो थोक खरिद मूल्य सार्वजनिक गर्ने गरेको छैन। तथापि, अहिलेको मूल्यमा पेट्रोलमा करिब ६५ रुपैयाँ र डिलेजमा ५० रुपैयाँ हाराहारी कर सरकारले उठाउँदै आएको बुझिएको छ। हरेकपटक हुने मूल्यवृद्धिमा समेत सरकारले भ्याट उठाउने गरेको छ।

सरकारले हाल भारतले पठाएको नयाँ मूल्यअनुसार पेट्रोलियम पदार्थको खपतबाट मात्रै मासिक लगभग चार अर्ब ७० करोड घाटा बेहोर्नु परिरहेको जिकिर गरेको छ। साथै, देशले हाल ब्यहोरिरहेको व्यापार घाटाको सबैभन्दा ठूलो हिस्सा नै पेट्रोलियम पदार्थ आयातमा रहेको छ। यसमा साढे २ खर्ब व्यापार घाटा पेट्रोलियम पदार्थको आयातबाट मात्रै भइरहेको छ।

सरकारले पेट्रोलियम पदार्थको खपत घटाउन केही समय अगाडि कदम चालेको थियो। तर त्यसलाई व्यवहारिक रुपमा कार्यन्वयन गर्न सकेन। सरकारले यसलाई इन्धनको सपत घटाउन भन्दा पनि सरकारी विदा दिन मात्र कार्यन्वयन गरिएको जस्तो बनाएको छ।

यसले इन्धन खपत १७ प्रतिशतसम्म घटेको थियो। तर सरकारले केही सरकारी कार्यलयहरुमा आइतबारको बिदा व्यावहारिक नभएको भन्दै यसलाई खारेज गर्‍यो। हप्ताको दुई दिन बिदा जेठ एक गतेदेखि लागू गरिएकोमा असार एकपछि यसलाई हटाइएको छ।

यस एक महिनाको अवधिमा नेपाल आयाल निगमले तयार पारेको तथाङ्क अनुसार वैशाखसम्म बढेको खपत जेठमा १७ प्रतिशतले घटेको पुष्टि गरेको थियो। जेठमा करिब ५९ हजार ७ सय ४० किलोलिटर (केएल) पेट्रोल र एक लाख ४० हजार १८ केएल डिजेल खपत भएको निगमले जनाएको छ।

गत वैशाखमा भने ६७ हजार केएलभन्दा बढी पेट्रोल खपत थियो। डिजेल भने एक लाख ४५ हजार ३६१ केएल खपत भएको निगमले जनाएको छ। सामान्य समयमा पेट्रोल ६० देखि ६५ हजार केएल र डिजेल ६० देखि ७० हजार केएल बिक्री हुँदै आएको निगमको आँकडा छ।

अन्तर्राष्ट्रिय बजारमा बढेको पेट्रोलियमको मूल्यका कारण नेपापलमा पनि एउटै रुटको ढुवानी भाडासमेत ६ हजार रुपैयाँ बढेको अवस्था छ। यसको प्रतक्ष्य असर आम उपभोक्ताले उपभोग गर्ने समानको ढुवानीकै कारण मूल्य बढ्न जान्छ। सरकार भने मूल्य बढाउन मात्र लागिपरेको देखिन्छ।



Source link

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Latest

रामराजा क्याम्पस प्रमुखको गोली हानी हत्या, दुईजना पक्राउ

बारा, ३२ जेठ । बारा जिल्लाको कलैयास्थित रामराजा बहुमुखी क्याम्पसका प्रमुख हरिभूषण कुशवाहाको गोली हानी हत्या गरेको घटनामा संलग्न रहेको आशंकामा...

४२ जनाद्वारा रक्तदान, रक्तदाताहरु सम्मानित

वीरगंज, ३२ जेठ । विश्व रक्तदाता दिवसको अवसरमा वीरगंजको भारतीय महावाणिज्य दूतावासले रेडियो वीरगंजको समन्वयमा आयोजना गरेको रक्तदान कार्यक्रममा ५ महिलासहित...

तराईमा तातो हावाको लहर बढ्नसक्ने, सतर्कता अपनाउन अनुरोध

काठमाडौँ, २७ जेठ : जल तथा मौसम विज्ञान विभागले आगामी केही दिनसम्म देशभरको तापक्रमको अवस्था विश्लेषण गर्दा तराईका भूभागमा अत्यधिक गर्मीको...

मधेस प्रदेशको मुख्यमन्त्रीमा सिंह नियुक्त

धनुषा, २५ जेठ : मधेस प्रदेशको मुख्यमन्त्रीमा जनमत पार्टीका सतिशकुमार सिंह नियुक्त हुनुभएको छ । प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले संविधानको धारा...

अमेरिकाले पहिलाे पटक पाकिस्तानलाई हराएर इतिहास रच्यो

वीरगन्ज, २५ जेष्ठ . आइसिसी टी-२० विश्वकप क्रिकेट अन्तर्गत बिहीबार राति भएकाे राेमाञ्चक खेलमा अमेरिकाले पहिलाे पटक पाकिस्तानलाई हराएर इतिहास रचेको...

पर्सा–बाराका १९५ सहकारी सम्पर्कविहीन

वीरगंज, १७ जेठ । मधेस प्रदेशमा रहेका चार वटा जिल्लाहरूका चार सय ७२ वटा सहकारी संस्थाहरू सम्पर्कविहीन भएका छन् ।...
spot_img
spot_img

सम्बन्धित समाचार

रामराजा क्याम्पस प्रमुखको गोली हानी हत्या, दुईजना पक्राउ

बारा, ३२ जेठ । बारा जिल्लाको कलैयास्थित रामराजा बहुमुखी क्याम्पसका प्रमुख हरिभूषण कुशवाहाको गोली हानी हत्या गरेको घटनामा संलग्न रहेको आशंकामा प्रहरीले दुईजनालाई नियन्त्रणमा...

४२ जनाद्वारा रक्तदान, रक्तदाताहरु सम्मानित

वीरगंज, ३२ जेठ । विश्व रक्तदाता दिवसको अवसरमा वीरगंजको भारतीय महावाणिज्य दूतावासले रेडियो वीरगंजको समन्वयमा आयोजना गरेको रक्तदान कार्यक्रममा ५ महिलासहित ४२ जनाले रगत...

तराईमा तातो हावाको लहर बढ्नसक्ने, सतर्कता अपनाउन अनुरोध

काठमाडौँ, २७ जेठ : जल तथा मौसम विज्ञान विभागले आगामी केही दिनसम्म देशभरको तापक्रमको अवस्था विश्लेषण गर्दा तराईका भूभागमा अत्यधिक गर्मीको सम्भावना रहने भएकाले...

मधेस प्रदेशको मुख्यमन्त्रीमा सिंह नियुक्त

धनुषा, २५ जेठ : मधेस प्रदेशको मुख्यमन्त्रीमा जनमत पार्टीका सतिशकुमार सिंह नियुक्त हुनुभएको छ । प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले संविधानको धारा १६८ को उपधारा...

अमेरिकाले पहिलाे पटक पाकिस्तानलाई हराएर इतिहास रच्यो

वीरगन्ज, २५ जेष्ठ . आइसिसी टी-२० विश्वकप क्रिकेट अन्तर्गत बिहीबार राति भएकाे राेमाञ्चक खेलमा अमेरिकाले पहिलाे पटक पाकिस्तानलाई हराएर इतिहास रचेको छ। अमेरिकाले पाकिस्तानलाई सुपर...

पर्सा–बाराका १९५ सहकारी सम्पर्कविहीन

वीरगंज, १७ जेठ । मधेस प्रदेशमा रहेका चार वटा जिल्लाहरूका चार सय ७२ वटा सहकारी संस्थाहरू सम्पर्कविहीन भएका छन् । यस प्रदेशको बारा,...