spot_img

पूर्णबहादुर खड्का कांग्रेस प्रशिक्षण प्रतिष्ठान प्रमुखमा मनोनीत

काठमाडौंः नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको प्रमुखमा उपसभापति पूर्णबहादुर खड्का मनोनीत भएका छन्। कांग्रेस सभापति शेरबहादुर देउवाले उनलाई शुक्रबार उक्त पदमा मनोनीत गरेको कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

‘नेपाली कांग्रेसको विधान २०१७ को धारा ३६ (१) (क) बमोजिम नेपाली कांग्रेसका सभापति श्री शेरबहादुर देउवाद्वारा पार्टी केन्द्रीय कार्यसमितिका उपसभापति श्री पूर्णबहादुर खड्कालाई विधानको धारा ३६ र नेपाली कांग्रेसको नियमावली २०७६ को नियम ३३ बमोजिम गठन हुने नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको प्रमुखमा मनोनयन गर्नु भएको छ,’ मुख्यसचिव पौडेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

१४औं महाधिवेशनमा खड्का देउवा टिमबाट उपसभापतिमा निर्वाचित भएका हुन्। यसअघि प्रतिष्ठान प्रमुखमा विमलेन्द्र निधि थिए।



Source link

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img