spot_img

प्रदेश र प्रतिनिधि सभाको चुनाव कात्तिक ३० मा गर्न निर्वाचन आयोगको सरकारलाई प्रस्ताव  

काठमाडौँः निर्वाचन आयोगले प्रदेश र प्रतिनिधि सभाको निर्वाचन मिति सरकारलाई प्रस्ताव गरेको छ। आयोगले अनौपचारिक रुपमा सरकारलाई दुई विकल्पमा चुनाव गर्न सकिनेगरि मिति प्रस्ताव गरेको हो। 

आयोग स्रोतका अनुसार एकै चरणमा निर्वाचनका लागि कात्तिक ३० गते चुनावको मिति प्रस्ताव गरिएको छ। 

यस्तै दुई चरणको निर्वाचनका लागि कात्तिक २८ र मंसिर ३ गतेको मिति आयोगले प्रस्ताव गरेको हो। 

कानुनी व्यवस्था अनुसार सरकारले निर्वाचन आयोगसँगको परामर्शमा चुनावको मिति तोक्ने छ। तर, अहिलेसम्म सरकारले औपचारिक रुपमा आयोगसँग परामर्श गरेको छैन। 



Source link

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img