spot_img

१५ सय मिटर दौडमा सन्तोषी र मुकेशलाई स्वर्ण

काठमाडौं : जारी ४४औँ राष्ट्रिय एथ्लेटिक्स प्रतियोगिता अन्तर्गत शुक्रवार सम्पन्न १५ सय मिटरको दौडमा महिलातर्फ वाग्मती प्रदेशकी सन्तोषी श्रेष्ठ र पुरुषतर्फ त्रिभूवन आर्मी क्लबका मुकेश पालले स्वर्ण जितेका छन्।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको ट्र्याकमा पहिलो दिन सम्पन्न १५ सय मिटर दौडमा महिला तर्फका प्रतिष्पर्धामा सन्तोषीले निर्धारित दूरी ४ मिनेट ४२.८ सेकेण्डमा पूरा गरी स्वर्ण पदक जित्दा आर्मीका मुकेश पालले ३ मिनेट ५७.७ सेकेण्डमा दूरी पार गर्दै स्वर्ण जिते। १९औँ दक्षिण एशियाली खेलकुदकी कीर्तिमानी स्वर्ण विजेता सन्तोषी चार महिना यता चोटग्रस्त थिइन्। उनले राष्ट्रिय कीर्तिमान तोड्न भने सकिनन्।

तीन दिनसम्म चल्ने प्रतियोगितामा महिलातर्फ आर्मीकी पूर्ण लक्ष्मी न्यौपानेले ४ मिनेट ५८ दशमलव ०२ सेकेण्डकासाथ रजत पदक हात पार्दा एपीएफकी आशा राउतले ५ मिनेट ०५ दशमलव ९ सेकेण्डमा दूरी पार गर्दै कास्य जितिन्।

यसै प्रतिष्पर्धाको पुरुषतर्फ रजत जितेका एपीएफका अजित भण्डारीले दूरी पार गर्न ३ मिनेट ५८ दशमलव ८ सेकेण्ड समय लगाए। कास्य पकद आर्मीका सुनिल सुनारले जिते। उनले ४ मिनेट ०१ दशमलव ७ सेकेण्डको समय खर्च गरे।

नेपाल एथ्लेटिक्स संघको आयोजनामा शुक्रवारबाट शुरु भएको प्रतियोगितामा महिलातर्फ १५ र पुरुषतर्फ १६ विधामा सात प्रदेश र तीन विभागका खेलाडीले प्रतिष्पर्धा गरिरहेका छन्।



Source link

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img